कोरियाको थेजनको एक सपिङ मलमा आगलागी हुँदा ७ को मृ’त्यु,एक घाईते !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको थेजन शहर स्थिति एक मलमा गत सोमबार बिहान आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने भवनको बेसमेन्ट काम गरिरहेका एक जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बिहान ७ बजेर ४५ अनलोडिङ क्षेत्र नजिकै हुण्डाई प्रिमियम आउटलेटको बेसमेन्टमा आगलागी भएको थियो । एक प्रत्यक्षदर्शीले अनलोडिङ क्षेत्रको एक छेउबाट कालो धुवाँ निस्कन थालेको र आफूतिर सरेको बताए। बेसमेन्टमा विद्युतीय गाडी चार्ज गर्दा आगलागी भएको बताइएको छ ।

समाचार एजेन्सी योंघापका अनुसार आगलागी बिहान सबेरै व्यापारको लागि मल खोल्नु अघि शुरु भएको कारण मृत्युहुनेमा अधिकांस उक्त मलमा काम गर्ने कर्मचारी रहेको बताइएको छ l पसल नखुलेका कारण सेवाग्राहीहरु आइनसकेका कारण हताहती हुनेमा मलको डेलिभरी,,सरसफाई र आगो नियन्त्रणका कर्मचारी र एक जना अपरिचित व्यक्ति छन् । तीमध्ये तीनजनालाई अस्पताल लगिएको थियो, जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो। दिउँसो करिब २:३० बजे मल भित्र थप दुई जना मजदुर मृत फेला परेका थिए । केही घण्टा पछि, थप तीन मृत फेला फेला परेका थिए l

सहरको दमकल विभाग, सेजोङ , दक्षिण र उत्तर चुङ्चेओङ र उत्तर जेओला प्रान्त तथा थेजन नजिकका सहरहरुका नौवटा आपतकालीन उद्धार टोलीहरू सहित १२६ बटा फायर फाइटरहरू तथा ४० वटा फायर ट्रकहरू घटनास्थलमा उद्वारको लागी सक्रिय थिए l बेसमेन्ट स्तरमा ठुलो संख्यामा भण्डारण गरिएका बाकसहरूमा आगो लागेका कारण ठूलो मात्रामा धुवाँ उत्पन्न भै उद्वारमा निकै कठिनाइ परेको थियो l

हेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *