कोरियाले भोली शनिवार देखी यस्तो नियम लागु गर्दै !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरिया सरकारले कोरोना भाईरसको सङ्क्रमण घटदै गएपछी कोरिया भित्रने यात्रुहरुले कोरिया प्रवेश गरेको २४ घन्टा भित्र कोभिड-१९ पिसिआर परिक्षण गर्नुपर्ने बाध्यात्मक नियम शनिवार देखी हटाउने भएको छ।

भोली शनिवार देखी लागु हुने उक्त नियमअनुसार अवका दिनमा कोरिया प्रवेश गर्ने जुनसुकै व्याक्तिले पिसिआर परिक्षण गर्नुपर्ने छैन।यसअघि कोरिया प्रवेश गर्ने यात्रुले आफु प्रवेश गरेको २४ घन्टाभित्र नजिकको कोभिड परिक्षण केन्द्रमा गएर अनिवार्य पिसिआर परिक्षण गर्नुपर्ने बाध्यता थियो।

आज शुक्रबार भएको सरकारी बैठकको निर्णय अनुसार भोली शनिवार देखी कोरिया प्रवेश गर्ने यात्रुहरु सम्बन्धी सबै भाईरस प्रतिबन्धहरु पुर्ण रुपले हटाउने भएको हो।दक्षिण कोरिया सरकारले कोरिया प्रवेश गर्ने यात्रुले आफ्नो गृह देशमा ४८ घन्टा भित्रको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने नियम हटाएको एक महिना पछी कोरियामा प्रवेश पश्चात अनिवार्य गर्नुपर्ने पिसिआर परिक्षण समेत हटाएको हो।

यधपी कोरिया आइपुगेको तीन दिनभित्र भाइरसको लक्षण देखाउनेहरूले देशभरका जनस्वास्थ्य केन्द्रहरूमा नि:शुल्क पीसीआर परीक्षण गराउन सक्ने कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) ले जनाएको छ।

पछिल्लो समय कोरियामा भाईरस संक्रमणमा क्रमिक गिरावट आएपछी सरकारले एन्टिभाइरस प्रतिबन्धलाई खुकुलो बनाएको हो।

विदेशबाट कोरिया भित्रने संक्रमणको अनुपात अघिल्लो महिनाको १.३ प्रतिशतको तुलनामा सेप्टेम्बरमा ०.९ प्रतिशतमा झरेको छ, र BA.5 सबभेरियन्टको मृत्यु दर पनि कम भएको कारणले केडिसिए ले कोभिड प्रतिबन्ध नियमन हरु फुकुवा गर्ने निर्णय गरेको हो।

तर कोरियाले भविस्यमा जोखिमपूर्ण भाइरस भेरियन्टको उदय र विश्वव्यापी भाइरस अवस्था परिवर्तन भएमा कोरिया प्रवेश गर्नेहरूका सम्बन्धमा प्रतिबन्धहरूलाई पुन: सक्रिय पार्न सक्ने भनेको छ।

“हामी COVID-19 महामारीको अन्तिम चरणमा छौं। हामी जाडोमा अर्को लहरको सामना गर्नुपर्ने हुन सक्छ, तर हामी अन्ततः पूर्ण तयारी गरेर भाइरसलाई जित्नेछौं,” भाईरस सङ्क्रमण नियन्त्रण बैठकका उपस्वास्थ्य मन्त्री लीले भने।

Leave a Reply

Your email address will not be published.