संयुक्त विजयादशमी महोत्सबको तयारी तिव्र, नेपाली मौलीक पन्चेबाजा सहित बजार परिक्रमा गरिने !

कोरिया गतिबिधी

सिओल

पुर्विय कला ,संस्कार अनि संस्कृतिको संरक्षण तथा संवर्दनका लागी दक्षिण कोरियामा संगठित संस्था सनातन साहित्य संगित साधना समुह ‘पाँच-स’ र कोरियामा कृयाशिल अन्य १६ वटा संस्थाहरुको संयुक्त आयोजना हुन लागेको ‘विजयादशमी महोत्सव, टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान ‘ कार्यक्रमको तयारी तिव्र पारिएको छ।

दक्षिण कोरियाकै मुटु मानिने बहुसाँस्कृतिक सहर आनसानमा रहेको विदेशी परामर्श केन्द्र (आनसान जुमिन सेन्टर) को पार्कमा आयोजना गर्न लागिएको बृहत विजयादशमी महोत्सव आउदो अक्टोबर ९ तारिखका दिन आईतबार आयोजना हुन लागेको सस्थाका अध्यक्ष कमल भन्डारीले बताए।

कोरियामा रहेका कृयाशिल १६ वटा सस्थाहरुको सहकार्यतामा हुन गईराखेको कार्यक्रममा नेपाली संस्कृति झल्काउने मौलिक पन्चेबाजा सहितको झाँकी तथा र्याली प्रदर्शन,नेपाली पोशाक तथा पहिरन,नेपाली खाना सहित दशैँको टिका जमरा तथा शुभकामना आदानप्रदान साथै विविध साँस्कृतिक प्रस्तुतीहरु रहने दशैँ मुल आयोजक समिति का आर्थिक संयोजक तथा पाँच स का उपाध्यक्ष नरेह मेहता ले बताएका छन।

कार्यक्रमको पुर्व तयारी स्वरुप हिजो आईतबार आयोजक तर्फका सस्थाका २/२ जना प्रतिनिधि सहित पाँच स का केही पदाधिकारीहरु आनसान नेपाली लाईव्रेरीमा भेला भई कार्यक्रमका दिन गर्नुपर्ने जिम्मेवारी र कार्यबिभाजन गरि कार्यक्रमको ब्यानर सार्वजनिक गरिएको थियो।

विगत ३/४ बर्ष देखी कोरोना कहरका कारण प्रतिबन्धित भेला जमघट तथा र्याली फुकुवा भएसंगै यो बर्ष आनसानमा दशै महोत्सव बृहत हुने र धेरै संघसस्थाहरुको सहकार्यता भएको हुँदा यसले कोरियामा एकताको सन्देश दिने कार्यक्रम संयोजक गुरुदत्त न्यौपानेले बताए।

प्रवासमा दशैँ दशैँकै दिन मनाउन सम्भव नभएतापनी पुर्णिमा सम्म मनाउन सकिने हुँदा यसपालीको कार्यक्रम दशैँ को ५ दिन पछाडी विदाको दिन आईतबार राखिएको आयोजकले जनाएको छ।साथै यो कार्यक्रम सम्पुर्ण नेपालीहरुको भएकोले कोरियाबाशी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागी आह्वान गरिएको छ

कार्यक्रम हुने स्थान : 안산외국인지원센터
कार्यक्रम हुने मिती : २०२२/१०/०९ तारिख आईतबार
कार्यक्रम हुने समय : बिहानको ठिक १० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *