कोरियामा ऐना झ्यालको पुतली अक्टोबर १६ मा प्रर्दशन हुने
नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ऐना झ्यालको पुतली अक्टोबर १६ मा कोरियामा प्रर्दशन हुने भएको छ । फोनिज कोरियाले राजधानी सोल स्थित जोङ्गाग गुम्बाको हलमा सोल शो गर्ने भएको हो।
‘यो चलचित्रका पात्र हामी आफै हौं । यसको कथा हाम्रो आफ्नै जीवन भोगाई हो । हाम्रै कथा भएकोले चलचित्र स्तरिय वनेको छ । त्यसैले यस पटक नेपालको प्रतिनिधित्व गर्दै यो चलचित्र ओस्करमा गएको छ । स्तरिय चलचित्रसँग हाम्रो सहकार्य गर्न पाउनु भनेको हाम्रो लागि पनि गर्वको विषय हो ।’ फोनिजका अध्यक्ष गोकुल थोकरले भने ।
बुसान फिल्म फेस्टिभल, ढाका अन्तराष्ट्रिय फिल्म फेस्टिभल, एसिया प्यासेफिक स्किन अवार्ड जस्ता अन्तराष्ट्रि फिल्म फेस्टिभलमा यो चलचित्र प्रर्दशन भैसकेको छ । नेपालमा चौथो हप्तामा प्रदर्शन भैरहेको चलचित्र नेपालको प्रतिनिधित्व गर्दै यो पटक ओस्कर फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएको छ ।
संखुवासभामा छायाङ्कन भएको चलचित्रमा लक्ष्मी चिमोरिया, दिनेश खत्री, सिरु विष्ट, अशोक शिवकोटी, उमेर श्रेष्ठ लगाएतका कलाकारले अभिनय गरेका छन् । लोकल सिनेमाको प्रस्तुति रहेको चलचित्रलाई लेखन तथा निर्देशन सुजित विडारीको रहेको छ ।
कोरियाको विभिन्न क्षेत्रमा प्रर्दशन गर्न चाहनेले ०१०९६९०१९२१ मा सम्पर्क गर्न सक्नेछन् भने सोल शोको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । आफ्नो टिकट लिनका लागि 전북은행 JB Bank (037) 1013011819316 (Yonjan Amir) पैसा जम्मा गर्न सकिने छ । चलचित्रको टिकट शुल्क २५ हजार वन रहेको छ ।
जोङ्गाग गुम्बाको हलमा जाने तरिका
सोल मेट्रो लाईन नं. १ को
जोङ्गाग स्टेशनको
गेट नं. २ वाट
२ सय मिटर अगाडी