यात्रुलाई ओरालेर बसमा आगजनी

मुख्य समाचार

धनगढी। कैलालीको बडैपुरमा बसमा आगजनी गरिएको छ । आगजनीबाट बस जलेर पूर्णरूपमा क्षति भएको छ ।

बसमा कसले आगजनी गरेको हो भनेर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति चार बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरको जंगलमा पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुलाई ओरालेर आगजनी गरिएको छ ।

हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्बसन्ध्यामा बसमा आगजनी गरिएको हो ।

यस्तै, भीमदत्त राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै गाडी रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले बताए ।

कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको एसपी तिम्सिनाले बताए पनि कैलालीमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *