आठ बर्ष कोरियामा रोजगारी गरी फर्केका यि यूवकले नेपालमै कमाउँछन लाखौँ !

कोरिया समाचार

काठमाडौं

अहिले विदेश जानु युवाहरूको लागि ‘प्यासन’ बनेको छ । आम्दानी राम्रो हुने भएकाले अधिकांश युवाहरू विदेश जाने दौडधुपमा हुन्छन् । यही शिलशिलामा ओखलढुंगा लिखु गाउँपालिकाका बाबुराज खड्का पनि सन २०१२ दक्षिण कोरिया तर्फ लागे ।

घरको कमजोर आर्थिक अवस्थाका कारण उनलाई पनि विदेशिनु पर्ने बाध्यता आइलाग्यो । बाबुराज हुने खाने परिवारकै सदस्य थिए । गाउँमा अथाह सम्पत्ति बाबुराजका हजुरबुबाको थियो । खाना लाउनको समस्या थिएन । समय क्रमसँगै हजुरबुबाले पारिवारिक समस्याका कारण  जमिन बेच्नु पर्याे ।

बाबुराजका बुबा रिटायर्ड आर्मी थिए । बुबाको पेन्सनले घर खर्च चलिरहेको थियो । बाबुराजको साधारण परिवार भए पनि हासिखुसि बाल्यकाल बितिरहेको थियो । तर त्यो खुसी धेरै दिन टिकेन । बाबुराज १२ वर्षको हुँदा उनका बुबाको मृत्यु भयो । बुबाको मृत्यु पश्चात् बुबाको जिम्मेवारी उनी आमामा आइ लाग्यो । छोराछोरी हुर्किदै थिए । दिनहुँ खर्च बढ्दै थियो । उनकी आमालाई घर खर्च जुटाउन धौधौ भयो । बाबुराज बढ्दै गए । पढाइलाई उनले निरन्तरता दिइरहेका थिए ।

गाउँमा नै उनले कक्षा १० सम्मको पढाइ पुरा गरे । त्यो बेला उच्च शिक्षा गाउँमा थिएन । ओखलढुङगाबाट रामेछाप जिल्लामा उच्च शिक्षा पढ्ने विद्यालय थियो । उनी घरबाट डेढ घण्टा हिँडेर उच्च शिक्षाको लागि विद्यालय धाउने गर्थे । उनले रामेछापको श्री हिमगंगा उच्च माध्यमिक विद्यालयबाट उच्च शिक्षा पुरा गरे ।

‘सो विद्यालयमा स्नातक पढाइ हुन्थ्यो तर भविष्यको खोजीमा काठमाडौं आए, काठमाडौं आएर पशुपति बहुमुखी क्याम्पसमा भर्ना भएँ, पढाइ चल्दै थियो, उमेर बढ्दै थियो, घरको आर्थिक अवस्था कमजोर भएका कारण काम गर्नुपर्ने बाध्यता आउन थाल्यो,’ उनले भने ।

बाबुराज स्नातक भर्ना हुनु भन्दा एक वर्ष अगाडिदेखि नै दक्षिण कोरियाको भाषा सिकेर कोरिया जानेहरूको लर्को चलेको थियो । त्यो बेलामा महिनामा नै कोरिया जादा एक लाख रुपैयाँसम्म कमाइ हुन्छ भन्ने विज्ञापन सुने ।

धेरै कमाइ हुने ठाउँ गाइयो भने घरमा अनेकौं समस्या र आफ्नो सपना पनि पुरा हुने बाबुराजले ठाने । जागिरको खोजीमा भन्दा पनि बाबुराज कोरियन भाषा सिक्न तर्फ लागे । चाबहिलमा एक इन्सिच्युटमा गएर कोरियन भाषा सिके । त्यो बेला गाउँमा एक दुई जना दाजुभाइ पनि कोरिया गएको उनी सुनाउँछन् । उनीहरूको पनि राम्रो प्रगति भएको देखेर बाबुराजलाई कोरिया जान मोह लाग्यो ।

‘फलानाको छोराले महिनामा नै लाख कमाउँछ रे, काठमाडौंमा घर जग्गा जोड्यो भने कुराहरू सुनिन्थे, आफूलाई पनि त्यो कौतुहल्ता र एउटा उमेरमा गएपछि पैसाको कमाउने सबैको सोच हुन्छ, मध्यम वर्गीय परिवारमा हुर्किएको मान्छेलाई कसरी धनी हुने विषले मान्छेलाई पिरोली रहन्छ,’ उनले आफ्नो भोगाइ सुनाउँदै भने ।

भाषा सँगसँगै स्नातकको पढाइलाई पनि उनले निरन्तरता दिए । पढाइ पनि राम्रै थियो । उनी कोरियाको परीक्षामा पास पनि भए । भाषाको परीक्षा पास भएको केही समयपछि बाबुराज कोरियाका लागि उडे । उनी सन् २०१२ सालमा कोरिया गए । कोरियामा उनलाई एसवाई कोयलटीडी कम्पनीमा काम गर्ने अवसर मिल्यो । सो कम्पनी कोरियाको ठूला कम्पनी मध्येको एक उनी बताउँछन् ।

काम गर्दै जाँदा बाबुराजको आम्दानी पनि राम्रो हुन थाल्यो । घरमा पनि पैसा पठाउन थाले । कोरियाको बसाइबाट उनले जग्गा पनि जोड्न भ्याए । उनी कोरियामा ५ वर्ष बसे । सो बसाइपछि भिसा सकिएर नेपाल फर्किएको उनी बताउँछन् । बाबुराज २०१७ मा नेपाल फर्किए । त्यो बेला उक्त कम्पनीले विभिन्न देशमा लगानी गरिरहेको थियो । नेपालमा २०१५ मा गएको विनाशकारी भूकम्प पश्चात् प्रिफ्याब घरहरू चल्छ भनेर नेपालमा सो कम्पनीले लगानी गर्ने भयो ।

नेपालमा एसवाई नेपाल कम्पनी दर्ता गरेर २०१७ बाट नै उक्त कम्पनीको शाखा नेपालमा पनि भयो ।‘सो बेला नै मेरो पनि कोरियाको भिसा सकिएको थियो, उक्त कम्पनीले नै नेपालमा एसवाई नेपाल भन्ने कम्पनीको दर्ता गरी सञ्चालन ल्यायो, मैले पनि कोरियामा एसवाईको नै कम्पनीमा काम गरेको हुनाले नेपालमा सञ्चालनमा आएको सो कम्पनीमा सजिलै जागिर पाएँ,’ उनले विकासन्युजसँग भने ।

उनले एसवाई नेपालको चितवनमा रहको प्यानल उत्पादन गर्ने कारखानामा २ वर्षसम्म म्यानेजमेन्ट हेरे । तर, बाबुराजलाई कोरियाको मोहले छाडेन । २०१९ मा उनी पुनः कोरिया लागे । कोरियामा पनि उनले पहिलाको नै कम्पनीमा काम गरेको बाबुराज बताउँछन् । उनले सो कम्पनीमा नै ३ वर्ष बिताएर नेपाल फर्किए । नेपाल फर्किए लगतै उनले नेपालमा रहेको एसवाई कै कम्पनीमा काम सुरु गरे ।

तर, अब उनले आफै व्यवसायी बन्ने सोच बनाए र एउटा कम्पनीको स्थापना गरेर काम गरिरहेका छन् । साथीहरुको सल्लाह सुझावमा उनले अनलाइन सपिङ सेन्टर खोलेका छन् । एसवाई प्यानलमा लामो समयसम्म काम गरेको भएर उनले एसवाई बजार अनलाइन सपिङ सेन्टरको सुरुवात गरेका छन् । बाबुराजले नेपाल र कोरिया गरी यसवाई कम्पनीमा १० वर्ष काम गरी सकेका छन् ।

‘म गाउँले मान्छे, एसवाईले मलाई एउटा स्थान पुर्याएर धेरै सपनाहरू साकार गरेको छ, त्यसैले मैले कम्पनीको नाम पनि एसवाई नै राखेँ, समय सापेक्षिक प्रविधिमा आधारित एउटा व्यवसाय सुरु गरौं भनेर एसवाई बजारको सुरुवात गरेको छु,’ उनले भने ।

६० लाख रुपैयाँको लगानी
अनलाइनमार्फत् एउटै छानामुनि सबै सामान किनमेल गर्न सकिने ‘एसवाई बजार’ सुुरु भएको छ । अनलाइन सपिङलाई गुणस्तर बनाउने तथा ग्राहकलाई समयमा नै सामान उपलब्ध गराउने योजनासहित एसवाई बजार सञ्चालनमा आएको हो ।

एसवाई बजार सपिङ सेन्टर ६० लाख रुपैयाँको लगानीबाट सञ्चालनमा आएको सञ्चालक उनले जानकारी दिए । ‘पछिल्लो समय मानिसहरूको व्यस्तताको कारण अनलाइनबाट सामानको खरिद गर्ने तथा पछिल्लो समय टेक्नेलोजि बेसमा मानिसहरूको चाल चल्न बढ्दै गएकाले इकमर्स साईट ( अनलाइन सपिङ) को अवधारण ल्याएका हौं,’ उनले भने ।

उक्त एसवाई बजारमा स्वदेशी तथा विदेशी सामानहरू उपलब्ध हुने छन् । सञ्चालक खड्काका अनुसार ग्राहले अडर गरेको कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने छ ।

यसवाई बजारमा कोरियाका ओरजिनल प्रोडक्टहरु पनि उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक खड्काले बताए । एप्स वा वेबसाइटमार्फत् ग्राहकलाई चाहिएको सामान अर्डर गर्न सक्ने छन् । विश्व बजारमा पाइने सामान पनि एसवाई बजारमा राख्ने सोचमा कम्पनी छ ।

‘एसवाई बजारबाट वान डे डेलिभरी पनि हुन्छ, उपत्यका बाहिर तिन भित्रमा डेलिभरी भइसक्छ, जति सक्दो छिटो डेलिभरी हाम्रो कम्पनीबाट हुन्छ,’ उनले भने । एसवाई बजारमा फिजिकल मार्केटमा भएका सामानहरू सबै उपलब्ध छ । काठमाडौं, भक्तपुर ललितपुर, चितवन, विराटनगर मा उपलब्ध छ।

ग्राहकको आवश्यकतालाई मध्येनजर गरेर विभिन्न ठाउँमा शाखा खोल्ने योजना कम्पनीको छ । ‘अहिले अनलाइन सपिङ ग्राहकहरुले खोजेको जस्तो सामान नपाउने तथा एउटा समान किन्यो भने अर्को सामान पुर्याइदिने, मुल्यमा समस्या आइरहेको देखिन्छ, यस्तो नहोस् र गुणस्तरीय सामान तथा सेवा दिने योजना साथ अनलाइन सपिङ खोलेका छौं,’ उनले भने ।

एसवाई बजारले हाल १५ जनालाई रोजगारी दिएको छ । कम्पनीले १० जनालाई इन्टर्नसीपमा राखेको छ । हाल कम्पनीमा २५ जना कर्मचारीहरू कार्यरत छन् । कर्मचारी थप्दै जाने कम्पनी सोचमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *