ईथेवन घटनामा कोरियन अभिनेता तथा गाएक ली जिहानले समेत संसार छोडे !

कोरिया समाचार

सिओल

गत शनिबार दक्षिण कोरियाको राजधानी सउलस्थित ईथेवनको सडकमा हलोविन मनाउन जम्मा भएको भीडमा च्यापिएर १५६ जना व्यक्तिले ज्यान गुमाएका थिए। त्यस भीडमा २४ वर्षिय जिहानको पनि निधन भएको हो।

उनको प्रतिनिधित्व गर्ने एजेन्सी ९३५ इन्टरटेनमेन्ट र ९ एटो इन्टरटेनमेन्टले सोमबार विज्ञप्ती जारी गर्दै यस खबरलाई पुष्टि गरेको हो। ‘यस्तो खबर दिन पर्दा हामी दुखी छौं तर ली जिहानको हिजो राति ईथेवनमा निधन भएको छ। हामी उनको परिवार, शुभचिन्तक र उनलाई माया गर्ने सबैप्रति समवेदना व्यक्त गर्न चाहन्छौँ। ली जिहान आकाशको तारा बनेर हामीलाई छोडेर गएका छन्,’ विज्ञप्तीमा उल्लेख छ।

ली जिहान कोरियाली गायन प्रतियोगिता ‘प्रोड्युस १०१’ को सिजन २ मा सहभागी भएका थिए। के-पपको ११ सदस्यमा सामेल हुने उनले १०१ जनासँग प्रतिस्पर्धा गरेका थिए। जिहानले कोरियन ड्रामा शृंखला ‘टुडे वाज अनदर नम ह्युमन डे’ मा काम गरेका छन्।

यस घटनाप्रति दुःख व्यक्त गर्दै कोरियाली सरकारले नोभेम्बर ५ सम्म राष्ट्रिय शोक अवधि घोषणा गरेको छ भने के-पपले सांगीतिक कार्यक्रमहरू स्थगित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *