कोरियामा रेल लिगबाट बाहिरिदा ३० यात्रु घाईते

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको राजधानी सिओलको योङ्सान बाट ईक्सानको लागी छुटेको मुगुङ्ह्वा ट्रेन यङ्दोङ्फुमा दृघटना भएको छ।रेलले लिग छोडेको कारण दृघटना भई ३० यात्रुहरु घाईते भएका छन।

२७५ जना यात्रु बोकेर उत्तरी छल्लादो को ईक्सानको लागी योङ्सानबाट ८:१५ मा छुटेको उक्त रेल ८:५२ मा रेलको लिग छोडेर दृघटनामा परेको हो।

कोरिया रेलरोड कर्पोरेशनका अनुसार घाईतेहरु सामान्य अवस्थामा रहेको र त्यो क्षेत्रकाट छुटने अन्य रेल हरुको दृघटनाका कारण छुटने समय १ घन्टाभन्दा बढी ढिलाई भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *