न्यानो वितरण सहयोगार्थका लागि दक्षिण कोरियामा ”दुई नम्बरी” प्रर्दशन गर्दै

कोरिया गतिबिधी

न्यानो वितरण सहयोगार्थका लागि दक्षिण कोरियामा ”दुई नम्बरी” प्रर्दशन गर्दै

नेपाली चलचित्र दुई ”नम्बरी” खाडी मुलुकका राष्ट्रहरु युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरुमा अक्टोबर २० तारिख सफल प्रदर्शन पछि दक्षिण कोरियामा पनि पहिलो शो सुवन सहरमा प्रदर्शन हुने भएको छ । B&S Group द्रारा उक्त चलचित्र आउँदो नोभेम्बर १३ तारिख आइतवार दिउसो १२:०० बजे 경기도인재개발원 मा प्रदर्शन हुने भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै सुवन सहरमा नेपाली चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन गर्ने उक्त सलफता पछि नेपालमा न्यानो वितरणमा सहयोग गर्ने आयोजकले जनाएको छ र।

निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र दुई नम्बरीमा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन र अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन्। मिठु तामाङ्नी सह-निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन्। चलचित्रको छायाँकन सुशन प्रजापतिले गरेका हुन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। 

चलचित्र हेरेर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

थप जानकारीको लागि
010-5943-4912,
01080709210

Leave a Reply

Your email address will not be published.