ईथेवन घटनाको बिषयमा सुरक्षा दिन नसकेको बिषयमा छानविन थालिएका योङ्सान पुलिस अफिसर ले आत्मह’त्या गरे !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

गत महिनाको अन्त्यमा दक्षिण कोरियाको राजधानी सिओलको ईथेवनमा हेलोवीन मनाउने क्रममा भिडमा निसास्सिएर १५६ जनाले ज्यान गुमाएपछी यस सम्बन्धीको अनुसन्धानको क्रममा योङ्सान प्रहरी स्टेशनका एक अधिकारी शुक्रबार मृ’त फेला परेका छन।

५५ वर्षीय गुप्तचर अधिकारी, उपनाम जङ, १२:४५ बजे उत्तरी सियोलमा उनको घरमा मृ’त फेला परेका थिए।

अक्टोबर २९ मा कम्तिमा १ सय ५६ जनाको ज्यान जाने गरी भएको भीड क्रसलाई तुरुन्त जवाफ दिन नसकेको आशंकामा योङसान प्रहरी स्टेशन, दमकल केन्द्र र जिल्लाको वडा कार्यालय सहितको अनुसन्धान भइरहेको छ।

उनले आफ्नो निष्क्रियता ढाक्नको लागि हेलोवीनको अवधिमा सम्भावित सुरक्षा दुर्घटनाको पूर्व चेतावनी रिपोर्ट मेटाउन आदेश दिएको बिषयमा उनलाई शँकाको घेरामा पार्दै अनुसन्धान थालिएपछी उनले आ’त्म ह’त्या गरेका हुन।

उनीविरुद्ध लगाइएका आरोपहरूमा अख्तियारको दुरुपयोग, प्रमाण नष्ट गर्ने र व्यावसायिक लापरवाहीका कारण उक्त घटना घटेको आरोप लगाईएको छ।

हालसम्म उको कुनै सुसाइड नोट फेला परेको छैन, तर उनले अघिल्लो दिन केही सहकर्मीहरूलाई फोन कल गरेको र आत्महत्या गर्न लागेको शंकेत दिएका थिय।

यस हप्ताको सुरुमा अनुसन्धानको लागि मुद्दा दर्ता गरेपछि उनी छुट्टीमा थिए र बुधबार ड्युटीबाट निलम्बन गरिएको थियो। उनलाई सोधपुछका लागि बोलाइएको थिएन ।

प्रहरीले उनको मृत्यु भएपछी मुद्दा बन्द गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published.