कोरियामा चिसो बढदै, बुधबार देखी तापक्रम झरेर माईनस १३ डिग्री पुग्ने !

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा यो हप्ता सोमबार मंगलबार बर्षाका कारण बुधबार देखि देशका अधिकांश भूभागमा तापक्रम माइनस पुग्ने अनुमान कोरिया मौसम प्रशासनले गरेको छ l

राजधानी सिओलको तपक्राम माइनस ८ डिग्री सेल्सियससम्म झर्ने अपेक्षा गरिएको छ। उत्तरी ग्योन्गी प्रान्तको पाजु जस्ता क्षेत्रहरूमा बिहीबार बिहानको तापक्रम माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

मौसम एजेन्सीले बुधबारको लागि देशका धेरै क्षेत्रहरूमा शीत लहर चेतावनी जारी गर्ने तयारि गरेको छ l
यस बर्षको पहिलो हिउँ पश्चिमी तट तथा दक्षिणी तटको जेजु टापुमा पर्ने सम्भावना रहेको छ l

वर्षाका कारण एक्कासी चिसो बढेपछि सडक चिप्लन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

मौसम विभागका अनुसार यो महिना अहिलेसम्म असाधारण रूपमा तातो भएको छ भने केही क्षेत्रको औसत तापक्रम अघिल्लो वर्षको तुलनामा ५ डिग्रीले बढी रहेको छl

Leave a Reply

Your email address will not be published. Required fields are marked *