सिओल
दक्षिण कोरिया स्थित नेपाली राजदुतावासले रोजगारीको सिलसिलामा विदेशमा कार्यरत नेपाली श्रमिकहरुलाई श्रम स्विकृतिको अवधी समाप्त हुनुभन्दा अघि श्रम स्वीकृत नविकरण गर्न आग्रह गरेको छ।
मंगलबार दूतावासले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागको वेबसाईट www.feims.gov.np मा लगईन गरि विदेशबाटै श्रम स्वीकृत नविकरण गर्न मिल्ने व्यवस्था ल्याएको बताएको हो।
दुतावासले समयमै श्रम स्वीकृति नविकरण गरि आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधाको उपभोग गर्न विज्ञप्ति मार्फत अनुरोध गरेको छ। त्यसको लागि वैदेशिक कल्याणकारी कोष र विमा बाफत दाखिला गर्ने रकम आफू कार्यरत देशको बैंकको खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित विमा कम्पनीको खातामा सोझै रकम पठाउन सकिने दूतावासले जनाएको छ।