छल्लानाम्दो ख्वाङ्जु डिसेम्बर ४ तारिक चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन हुने
नेपाली सामुदायिक समिती ख्वाङ्जु ले यहि डिसेम्बर ४ तारिक आतबारका दिन चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन गर्ने भएको छ ।
कोरोना कहर पश्चात् बन्द रहेको सामुदायिक समितिको सेल्टर पुनः सन्चालन सहयोगार्थ स्वरुप चलचित्र प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ ।
साथै ख्वाङ्जुमा भित्रिनुभएका नयाँ साथिहरु बिच एक आपसमा साक्षात्कार समेत गरिने भएकोले ख्वाङ्जु आसपास मा रहनु भएका सबै नेपाली साथिहरुलाइ उपस्थिति को लागि समितिले सादर अनुरोध समेत गरेको छ ।
दयाहाङ राई सौगात मल्ल लगायत चर्चित कलाकार हरु रहेको दुई नम्बरी ले नेपाल लगायत अन्य देशहरुमा पनि सफलता पुर्बक प्रदर्शन भैसकेको छ ।
ख्वाङ्जुमा बिगत एक दशक देखि सन्चालनमा रहेको सेल्टर केही समय देखि बन्द रहेको छ । पछिल्लो समयमा नेपाली साथिहरुको तिब्र वृद्धि भए सगै सेल्टर को अभाबको कारण धेरै साथिहरु को गुनासो समेत आएकोले सेल्टर तुरुन्तै सुचारु गरिने समितिको सचिब प्रकाश पराजुली बताउनु भएको छ ।
हाल कोरोना पछि समान्य बन्दै गैरहेको जनजिबन लाई एक आपसमा भेटघाट तथा मनोरञ्जन गरेर अझ समान्य बनाउने र सेल्टर सन्चालनको लागि थोरै भए पनि टेवा पुग्ने भएकोले चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी गराउदै सबैलाई उपस्थिति को लागि समिती को अध्यक्ष एजिन लामाले अनुरोध गर्नु भएको छ ।
सोधपुछ तथा जानकारीको निमित्त
चलचित्र – दुई नम्बरी
मिति – डिसेम्बर ४ तारिक आइतबार
Address: 소촌아트팩토리
문화시설 | 광주 광산구 소촌로85번길 14-9 (소촌동 845)
सम्पर्क नं:-
राम चन्द्र बराल 01058528702
Yejin लामा:- 01023679225
राजु श्री :- 01084959702
Gurudatta Parajuli :- 01088934042
प्रकाश पराजुली:- 01066836692
शिव आचार्य:- 01049779043