गुरुदत्त न्यौपाने/सिओल
रोजगारीको शिलशिलामा रोजगार अनुमति प्रणाली ईपिएस मार्फत कोरियामा कार्यरत जुझारु यूवा सन्दिप रावत ले व्यस्त समयको बावजुत कोरियामा आफुलाई फरक शैलीमा प्रस्तुत गर्दछन।
फुर्सदको समयमा उनी आफु बिभिन्न सिर्जनशिल काममा लागिरहेका हुन्छन,यसैबिच उनले पछिल्लो समय आफुले निर्देशन ,सम्पादन तथा कलर ग्रेडिङ गरेको ‘तिमी मा मन्त्रमुग्ध’ बजारमा ल्याएका छन।
गत शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो मा सिमोन जिएम को स्वर,शव्द,संगित तथा ऐरेन्ज रहेको छ भने छायाङ्कन रमेश अधिकारीले गरेका हुन।
जुलिफा तामाङको करियोग्राफी रहेको उक्त म्युजिक भिडियोमा शंकर नेपाल र दिपा खरेलको शशक्त अभिनय रहेको छ।एस आर क्रियशन को निर्माणमा सार्वजनिक उक्त म्युजिक भिडियो सिमोन जिएम युट्युब च्यानल मार्फत सार्वजनीक गरिएको हो।
कोरियाका बिभिन्न रमणिय स्थानहरुमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा मायाको आभाषमा मन्त्रमुग्ध भएको अनुभव गर्न सकिने निर्देशक रावतले जानाकारी दिए।
पुरा भिडियो हेर्नुहोस।