कोरियाको तापक्रम मा भारी गिरावट,मौषम विभाग द्वारा कोल्ड वेभ एलर्ट जारी !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको तापक्रममा भारी गिरावट आएको छ।कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन का अनुसार आज देखी यो हप्ता भरी कोरियाको तापक्रम माईनस ९ डिग्री सेल्सियस देखी माईनस १५ डिग्री सेल्सीयस पुग्ने अनुमान गरिएको छ जहाँसम्म कि आज बिहानको तापक्रम माईनस ११-१५ डिग्री सेल्सियस मापन गरिएको छ।

आज बिहान सिओलको तापक्रम ११ डिग्री सेल्सियसमा झरेको थियो भने देशैभरीका विभिन्न ठाउँहरुमा तापक्रम माईनसमा छ।

केएमए ले एकैपटक ह्वात्तै तापमान मा भारी गिरावट आउने भएपछी सिओल लगायत देशका विभिन्न भागहरुमा कोल्ड वेभ एलर्ट जारी गर्ने भएको छ।दक्षिण कोरियामा सामान्य तापक्रम बाट ह्वात्तै तापमान घट्यो वा एकैदिनमा – ३ डिग्री सेल्सिएस घटेमा कोल्ड वेभ जारी गर्न सकिने प्रावधान रहेको केएमए ले उल्लेख गरेको छ।

कोरियाको उत्तरी ध्रुवको आर्कटिक क्षेत्रबाट चिसो उच्च चाप सहितको वायु दक्षिण कोरियातर्फ प्रवेश गर्दै गरेका कारण यहाँको तापक्रममा भारी गिरावट आएको उल्लेख गरेको छ।

केएमए का अनुसार देशका विभिन्न भागमा भारी हिमपात भएको उल्लेख गरेको छ। कोरिया बुधवार सिजनको सबैभन्दा चिसो मौसमको रुपमा दर्ता गरिएको थियो।बिहानको न्यूनतम तापक्रम केही क्षेत्रमा माइनस १५ डिग्री सेल्सियसमा झरेको राज्य मौसम एजेन्सीले जनाएको छ।

कोरिया मौसम विज्ञान प्रशासन (केएमए) ले चिसो तापक्रम तीव्र हावासँगै रहेको र केही तटीय क्षेत्रमा हावाको गति १६ मिटर प्रति सेकेन्डसम्म पुगेको बताएको छ।

सियोलमा, बिहानको न्यूनतम तापक्रम माइनस ११ डिग्री सेल्सियस र बिहान ७ बजेसम्म माइनस २० डिग्री सेल्सियसमा झरेको केएमएले जनाएको छ।

मौसम एजेन्सीले पूर्वानुमान गरेको छ कि सियोल वरपरको ग्योन्गी प्रान्तका केही उत्तरी भागहरूमा बिहान माइनस १५ डिग्री सेल्सियससम्म तापक्रम घटेको छ।

चिसोसँगै देशका अधिकांश स्थानमा राति हिमपात भएको छ ।बिहान ६ बजेसम्म, सियोलको दक्षिणमा रहेको योङगिनमा १० सेन्टिमिटरभन्दा बढी हिउँ परेको केएमएले जनाएको छ।अर्को सातासम्म चिसो कायमै रहने केएमएले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *