गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको राजधानी सियोल र मध्य क्षेत्रहरुमा बिहिवार भिषण हिमपात परेको मौषम एजेन्सी ले बताएको छ।मध्य क्षेत्रका केही ठाउँहरुमा ८-१० सेन्टिमिटर सम्म बाक्लो हिमपात भएको कोरिया मेट्रोलोजिकल एजेन्सी केएमए ले बताएको छ।
दिउँसो १ बजेसम्म, सियोल क्षेत्रको पश्चिमी भागहरूमा प्रति घण्टा करिब ३ सेन्टिमिटर हिउँ परेको कोरिया मौसम मौषम प्रशासन (केएमए) ले जनाएको छ।
चिसो तापक्रमसँगै, राजधानी र मध्य क्षेत्रका धेरै भागहरूमा हिउँ जम्मा भएको छ, सियोलबाट ८० किलोमिटर दक्षिणमा रहेको दाङजिन सहरमा ६ सेन्टीमिटर बाक्लो हिउँको उचाइ मापन गरिएको छ।
ग्याङगी प्रान्तको ह्वासङ्ग सहरमा ३ सेन्टिमिटर हिउँ परेको छ भने सियोलमा १.१ सेन्टिमिटर हिउँ परेको छ।खाङवन प्रान्तको याङ्गुमा ३.८ सेन्टिमिटर बाक्लो हिमपात भएको छ ।
बिहीबार दिउँसोसम्म, राजधानी सियोल क्षेत्र र खाङवन, साउथ छुन्छङ र उत्तरी ग्योङसाङ प्रान्तका केही भागहरूमा भारी हिउँ परेको सुचना दिइएको थियो।
‘देशका केही भागमा १० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्छ,’ केएमएका एक अधिकारीले भने।मौसम एजेन्सीले दिउँसो ढिलो सियोल क्षेत्रमा हिउँ रोकिन सुरु हुन सक्ने र रातिसम्म देशका अधिकांश भागहरू हिउँको मौसमबाट बाहिर आउने अपेक्षा गरिएको छ।