सिओल
गत हप्ता कोरियामा ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका राम प्रकाश मगरको शव नेपाल पुगेको छ ।
गत मंगलबार सुतेकै अवस्थामा हृदयघात भई ज्यान गुमाएका २९ वर्षीय मगरको शव हिजो (सोमबार) साँझ ६ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौ पुर्याएको कोरिया स्थित नेपाल दुतावास स्रोतले बताएको छ।
मगरको शव बोकेको बैदेशिक रोजगार सचिवालय बोर्डको शव बहान र सोलुदुधकुण्ड नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स हिजो नै काठमाण्डौँबाट सोलुखुम्बुको तामाखानीका लागि छुटिसकेको जानाकारी प्राप्त भएको छ।
शवको मंगलबार नै हिन्दु परम्परा अनुसार अत्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । मृतक मगर करिब ५ वर्ष अघि वैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरिया आएका थिए ।