कोरियामा आज यो सिजनको सबैभन्दा चिसो दिन ! सरकार द्वारा कोल्ड वेभ सचेतना जारी !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

कोरियामा आज सिजनको सबैभन्दा चिसो दिनको मापन गरिएको छ, बिहानको न्यूनतम तापक्रम सियोलमा माइनस 13.6 डिग्री सेल्सियसमा झरेको राज्य मौसम एजेन्सीले जनाएको छ।

कोरिया मौसम प्रशासन (केएमए) ले चिसो तापक्रमसँगै देशको दक्षिणी भाग छुङ्छङ्ग र छल्ला क्षेत्र र दक्षिणी रिसोर्ट टापु जेजुमा भारी हिमपात भएको जनाएको छ।

सियोलमा, बिहानको न्यूनतम तापक्रम माइनस 13.6 डिग्री सेल्सियसमा झरको थियो भने लगभग माइनस 22 डिग्री सेल्सियसको तामक्रम अनुभव गरिएको थियो।

मौसम एजेन्सीले खाङ्वन प्रान्तको आन्तरिक र पहाडी क्षेत्रहरूमा बिहानको न्यूनतम तापक्रम क्रमशः माइनस २० डिग्री सेल्सियस र माइनस २६.३ डिग्री सेल्सियसमा झरेको जनाएको छ।

उच्च चापको प्रभावमा देशभर परेको अत्यधिक चिसो मौसम आइतवार पर्ने क्रिसमससम्म जारी रहने अनुमान गरिएको छ ।

यसैगरी शुक्रबार लगातार दोस्रो दिन पनि देशको दक्षिणी भेगमा भारी हिमपातका कारण सवारी दुर्घटना, सडक अवरुद्ध र उडान रद्द भएको छ ।

बिहान ६ बजेसम्म जेजुको दक्षिणी रिसोर्ट टापुका पहाडी क्षेत्रमा ७५.९ सेन्टिमिटरसम्म हिउँ परेको केएमएले जनाएको छ ।विगत दुई दिनमा टापुमा धेरै उडानहरू रद्द गरिएको एयरपोर्ट अधिकारीहरूले बताएका छन्।

मुख्य भूमिलाई टापुसँग जोड्ने यात्रुवाहक पानीजहाज हरु तीव्र हावाको कारण रद्द गरिएको छ।

छुङ्छङ र छल्ला क्षेत्र लगायत देशको दक्षिणी भागमा भारी हिमपातको चेतावनी जारी गरिएको केएमएले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *