पोखराको मेलामा पिङबाट लडेर ज्या’न गुमाएकी अस्मिताको अधुरै रह्यो कोरिया आउने सपना !

कोरिया समाचार

सिओल

पोखराको औद्योगिक मेलामा मोरङको पथरी शनिश्चरे ८ केर्खा टोल घर भएकी अस्मिता लिम्बुको रोटेपिङ खेल्ने क्रममा लडेर मृ’त्यु भएको छ । रोटेपिङ खेल्ने क्रममा लडेर घाईते उनको गण्डकी मेडिकल अस्पतालमा उपचारका क्रममा बुधबार मृ’त्यु भएको हो ।

उनी कोरिया आउने सपना बोकेर कोरियन भाषा अध्ययन गरिरहेकी थिईन । कोरियन भाषा अध्ययन गरेर कोरिया आई परिवारको सपना साकार पार्ने उनको सपना अधुरै रह्यो।

अस्मिता सँगै दिदीहरु रुबिना उनकी ४ बर्षकी छोरी र कोपिला समेत लडेर घाईते अबस्थामा रहेका छन । मंसिर २० गते पोखराबाट पथरी फर्किने टिकट काटेकी अस्मिता १६ गतेबाट शुरु भएको औद्योगिक मेलामा १९ गते साँझ दिदीहरु सँगै मेला भर्न गएकी थिईन । अस्मिताकी दिदी रुबिना पोखरामा बस्दै आएकी थिईन ।

दिदीकोमा गएकी अस्मिता लडेर घाईते भएपछि मेला आयोजकले १२ लाख बढी उपचारमा खर्च गरेको र परिवारको माग बमोजिम २० लाख रकम दिएको आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिब बलराम आचार्यले जानकारी दिएका छन ।

यो पनि: भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।

विदेशबाट आउने नेपालीहरूले आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

भन्सारमा घोषणा नभएको मोबाइल आउँदो पुस १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकत/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

नेपाल भित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *