सिओल
कोरिया र अन्य देशको नगरपालीका बिच भगिनी सम्बन्धको आधारमा दुवै नगरपालिका ले एमओयू गरी निश्चित समयको लागी कोरियाको कृषी क्षेत्रमा काम लगाउन ल्याउने बिशेष प्रणाली हो मौषमी भिषा प्रणाली !
यही अनुरुप कोरिया र नेपालका बिभिन्न नगरपालीका बिच भगिनी सम्बन्ध कायम राखी नेपालबाट कोरियाले नेपाली यूवाहरुलाई मौषमी भिषामा कोरिया भित्राउने गरेको थियो।
नेपालमा यो प्रकृयाको व्यापक दुरुपयोग गरी दलाल हरुले लाखौँ रुपैया अशुली गरी कामदार पठाउने तथ्य फेला परेसंगै केही समयका लागी यो प्रकृया रद्द भएको थियो।त्यसपछी पुन सरकारी तवरबाट निशुल्क कोरिया मौषमी कामदार पठाउने नेपाल सरकारले तयारी गरिरहेको अवस्थामा यता कोरियाले बिभिन्न कारण देखाई नेपालबाट ३ बर्षका लागी मौषमी भिषा बन्द गर्ने निर्णय गरेको छ।
नेपालको लागी मौसमी कामदार भिषा बन्द गर्न कोरिया सरकारले प्रक्रिया शुरु गरेको छ। महँगो शुल्कमा मौसमी कामदारको रुपमा नेपालीहरुलाई कोरिया ल्याए पनि ति नेपालीहरु न्यून तलब र कठिन कामको कारण कार्यस्थल छाडेर भाग्ने गरेकाछन। तर स्थानिय सरकार बिचको सम्झौतामा कामदारले हवाई भाडा बाहेक अन्य कुनै पनि शुल्क तिर्न नपर्ने सम्झौता भए पनि चर्को शुल्क तिरेकोले उनीहरु भागेर अन्य रामो कमाई हुने स्थानमा जाने गरेको तथ्य सार्वजनिक भएको थियो।
यस वर्षको सेप्टेम्बरको अन्त्यसम्ममा देशव्यापी कृषि क्षेत्रमा ८ सय ५४ मौसमी कामदारले काम छोडेको पाइएको थियो।राष्ट्रिय सभाको कृषि, वन, पशुपालन, खाद्य, सामुद्रिक तथा मत्स्य पालन समितिका सभापति तथा सांसद ली याङ-सू ले न्याय मन्त्रालयको हावाला दिंदै गत वर्ष देशभरबाट ३१६ जना मौसमी कामदार बिना अनुमति छाडेर गएका थिए।
यस वर्ष सेप्टेम्बरको अन्त्यसम्ममा ८५४ जना विना अनुमति बाहिर निस्किएको पाइएको छ। स्थानीय सरकार मार्फत लीको छुट्टै अनुसन्धानको नतिजाको रूपमा, यस वर्ष नेपालमा मौसमी कामदारहरूको अवैध प्रस्थान विशेष गरी गम्भीर भएको निष्कर्ष निकालेको थियो। अक्टोबर १२ सम्म नेपालमा स्थानीय सरकारहरूसँग एमओयूमा हस्ताक्षर गर्ने ४ स्थानीय सरकारहरूको औसत ८२ प्रतिशत काम गर्ने स्थानबाट भागेका थिए।