दक्षिण कोरियाले आगामी वर्षदेखी सव-वे ट्रेनको भाडादर बढाउने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरिया सरकारले सिओल तथा केही नजिकका सहरमा चल्ने सव- वे ट्रेनको भाडादर आगामी वर्ष देखी बढाउने तयारी गरेको छ।

सिओल सव- वे ले लामो समयदेखी घाटा बेहोर्दै आईरहेको कारण यसको क्षतिपुर्तिको लागी आगामी बर्षदेखी सव- वे चढने यात्रुहरुको भाडादर बृद्दि गर्ने तयारी गरेको कोरेल कर्पोरेशन ले जनाएको छ।

सिओल मेट्रोपोलिटनका सरकारी अधिकारीका अनुसार दक्षिण कोरियाले पब्लिक सर्भिस अव्लिगेशन (पिएसओ) अन्तर्गत ६५ बर्षभन्दा माथीका बृद्द तथा अपाङ्गता भएका नागरिकलाई दिदै आईरहेको नि-शुल्क सव -वे प्रयोग सेवा का कारण कम्पनीले चरम घाटा बेहोरेको र उक्त घाटा परिपुर्ति गर्न सरकारले न्यून बजेट छुट्याएका कारण यो बर्ष भाडादर बढाउनुपरेको उल्लेख गरेका छन।

पिएसओ अन्तर्गत सरकारले रेल उधोग विकास संस्थानलाई २०२१ मा ३८० अर्व वोन उपलब्ध गराएको थियो भने २०२२ मा ३८४ अर्व वोन उपलब्ध गराएको थियो,जुन रकमले घाटा परिपुर्ति गर्न अपुग भएको थियो।

दक्षिण कोरिया सरकारको रास्ट्रिय सभाले २०२३ का लागी ४९७ अर्व वोन उपलब्ध गराएपनी क्षतिपुर्ति गर्न सम्भव नभएको कारण यात्रुहरुको भाडा वृद्दी गर्नुपर्ने बाध्यता आईपरेको बताएको छ।

कानुनी रुपमा निःशुल्क सबवे सवारी पहिलो पटक १९८४ मा तत्कालीन राष्ट्रपति छुन डू-ह्वानको आदेशमा वृद्धहरूका लागी पेश गरिएको थियो र त्यसपछी अपाङ्ग र अपाङ्गता भएका मानिसहरूका लागी पनि विस्तार गरियो ।स्थानीय अधिकारीहरूले यो सेवाको कारण आफुहरुलाई आर्थिक बोझ उत्पन्न भएका कारण सरकारसँग आर्थिक सहायताको लागि अनुरोध जारी राखेका छन्।

सियोलको सबवे प्रणालीको सहर सञ्चालक सियोल मेट्रोले गत वर्ष ९६४.४ बिलियन वोनको शुद्ध घाटा बेहोरेको थियो, जुन २०१९ मा ५८६.५ बिलियन वनको तुलनामा ६४ प्रतिशतले बढेको थियो।

कोरियामा बृद्दहरुको जनसङ्ख्या बढदै जानु,यूवाहरु तथा सव-वे प्रयोगकर्ताको सङ्ख्या घटदै जानु,कोभिड महामारीको कारण सिओल सव वे घाटामा गएको बताईएको छ।

सियोलमा आधारभूत सबवे भाडा १०५० वोन बाट २०१५ मा बृद्दि भएर १२५० वोन भएको थियो।त्यसपछी हालसम्म १२५० कायम रहेको उक्त भाडादर आगामी बर्ष २०२३ देखी बढने भएको हो।साथै सहर बसको भाडा समेत बढने भनिएको छ।

Leave a Reply

Your email address will not be published.