गुरुदत्त न्यौपाने /सिओल
सियोल सबवे र सार्वजनिक बस भाडा लगभग आठ वर्षको स्थिरता पछि बढ्दो बजेट घाटा पूरा गर्न कोरिया सरकारले आउदो बर्ष अप्रिलको सुरुदेखि ३०० वोन ( ०.२४ अमेरिकी डलर) ले बढ्ने सम्भावना रहेको सिओल शहरका सरकारी अधिकारीहरूले बिहीबार बताएका छन।
योजनाबद्ध वृद्धिले आधारभूत सबवे र बसको भाडा हालको १,२५० वोन र १,२०० वोनबाट क्रमशः सव वे १,५५० वोन र सार्वजनिक बस मा १,५०० वोनले बढाउने अधिकारीहरूले बताए। जुन कार्डबाट भुक्तानी गर्दा लागु हुनेछ भने नगद तिर्दा सबवे र बस भाडा क्रमशः १६५० वोन र १६०० वोन प्रति आधारभूत यात्रामा बढाइएको छ।
पछिल्लो भाडा वृद्धि २०१५ मा भएको थियो, उक्त बेला राजधानी सहरमा आधारभूत सबवे र बसको भाडा क्रमशः २०० वोन र १५० वोनले बढेको थियो।
प्रस्तावित भाडा वृद्धि सहर सरकारले सबवे लाइनहरू र सार्वजनिक बसहरू सञ्चालन गर्दा बढ्दो घाटाको क्षतिपूर्ति गर्न पर्याप्त रकम सुरक्षित गर्न असफल भएको कारण आएको बताएका छन।
सिओल मेट्रोपोलिटनका सरकारी अधिकारीका अनुसार दक्षिण कोरियाले पब्लिक सर्भिस अव्लिगेशन (पिएसओ) अन्तर्गत ६५ बर्षभन्दा माथीका बृद्द तथा अपाङ्गता भएका नागरिकलाई दिदै आईरहेको नि-शुल्क सव -वे प्रयोग सेवा का कारण कम्पनीले चरम घाटा बेहोरेको र उक्त घाटा परिपुर्ति गर्न सरकारले न्यून बजेट छुट्याएका कारण यो बर्ष भाडादर बढाउनुपरेको उल्लेख गरेका छन।
पिएसओ अन्तर्गत सरकारले रेल उधोग विकास संस्थानलाई २०२१ मा ३८० अर्व वोन उपलब्ध गराएको थियो भने २०२२ मा ३८४ अर्व वोन उपलब्ध गराएको थियो,जुन रकमले घाटा परिपुर्ति गर्न अपुग भएको थियो।
दक्षिण कोरिया सरकारको रास्ट्रिय सभाले २०२३ का लागी ४९७ अर्व वोन उपलब्ध गराएपनी क्षतिपुर्ति गर्न सम्भव नभएको कारण यात्रुहरुको भाडा वृद्दी गर्नुपर्ने बाध्यता आईपरेको बताएको छ।
कानुनी रुपमा निःशुल्क सबवे सवारी पहिलो पटक १९८४ मा तत्कालीन राष्ट्रपति छुन डू-ह्वानको आदेशमा वृद्धहरूका लागी पेश गरिएको थियो र त्यसपछी अपाङ्ग र अपाङ्गता भएका मानिसहरूका लागी पनि विस्तार गरियो ।स्थानीय अधिकारीहरूले यो सेवाको कारण आफुहरुलाई आर्थिक बोझ उत्पन्न भएका कारण सरकारसँग आर्थिक सहायताको लागि अनुरोध जारी राखेका छन्।
सियोलको सबवे प्रणालीको सहर सञ्चालक सियोल मेट्रोले गत वर्ष ९६४.४ बिलियन वोनको शुद्ध घाटा बेहोरेको थियो, जुन २०१९ मा ५८६.५ बिलियन वनको तुलनामा ६४ प्रतिशतले बढेको थियो।
कोरियामा बृद्दहरुको जनसङ्ख्या बढदै जानु,यूवाहरु तथा सव-वे प्रयोगकर्ताको सङ्ख्या घटदै जानु,कोभिड महामारीको कारण सिओल सव वे घाटामा गएको बताईएको छ।