कोरियाको ख्वाछन द्रुतमार्गमा भिषण दृ’घटना संगै आगलागी हुँदा ५ जनाको मृ’त्यु ,३७ जना घाईते !

कोरिया समाचार

गुरुदत्त न्यौपाने / सिओल

बिहीबार सियोलको दक्षिणी भागमा रहेको ख्वाछन एक्सप्रेसवे मा भएको हल्ला नियन्त्रणको लागी बनाईएको सुरुङमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन जसमध्ये तीन जना गम्भिर घाईते भएको दमकल अधिकारीहरूले भने।

पश्चिमी बन्दरगाह सहर ईन्छनलाई सङ्नाम शहरसँग जोड्ने दोस्रो ख्यङ्गिन एक्सप्रेसवेमा रहेको ख्वाछनको आवाज नियन्त्रणको लागी बनाईएको सुरुङ भित्र दिउसो १ बजेर ४९ मिनेटमा आगलागी भएको बताईएको छ।

बस र ट्रक ठोक्किएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।दृघटनाग्रस्त गाडीमा आगलागी भएसंगै लगत्तै आगो सुरुङमा फैलिएको थियो।

उद्धारकर्ताहरूले दुर्घटनामा परेका व्यक्तिहरू सहित सवारी साधनभित्र पाँच जनालाई मृत फेला पारेका छन्।

अन्य ३७ जना घाईते भएका छन्, ती मध्ये धेरैजसो सामान्य अवस्थामा रहेका छन तर तीन जनालाई आगोले धेरै पोलेका कारण गम्भिर अवस्थामा रहेका छन।

उपराष्ट्रपतिका प्रवक्ता ली जे-म्योङका अनुसार राष्ट्रपति युन सुक-योलले दुर्घटनास्थलमा थप हताहत नहुने सुनिश्चित गर्न र उद्धार गरिएकाहरूलाई पूर्ण चिकित्सा सहायता उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।

युनले क्षतिको कारणको विस्तृत विश्लेषण, यस्तै दुर्घटनाको पछाडी थप क्षति रोक्नको लागि उपायहरू र आवाज टनेल र समान सुविधाहरूको तत्काल निरीक्षण गर्न पनि आह्वान गरेका छन।

उद्धार कार्यको नतिजाका आधारमा मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।घटनास्थलमा जम्मा ९४ दमकल, २१९ जना अग्नी नियन्त्रक र हेलिकप्टर पठाइएको थियो र अपराह्न ४ः१२ बजे आगो पूर्णरुपमा निभाइएको थियो ।

आगो नियन्त्रणमा आएपछि मात्रै आगलागीको वास्तविक कारण पत्ता लगाउने उद्दार अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.