ईपीएसमार्फत कोरिया आउने कामदारको भिसा शुल्क बढ्यो, कति बढ्यो ?

कोरिया समाचार

सिओल

कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया आउने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।

अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको हो ।

भिसा जारी गर्न गर्न अघि आवश्यक पर्ने प्रक्रिया पुरा गर्न (सीसीभीआई) को लागि स्वयं व्यक्ति नै ईपीएस कार्यालयमा उपस्थित भई सीसीभीआई फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

अबदेखि उक्त फाराम भर्ने व्यक्तिहरूले भिसा शुल्क वापत ७ हजार ८०० रूपैँया बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

यसअघि नै सीसीभीआई फारम बुझाई सकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिहरूले समेत थप शुल्क बुझाउनुपर्नेछ ।

यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिहरूले समेत भिसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ पछि मात्रै जाने भएकाले थप ६०० रूपैयाँ बुझाउन कार्यालयले अनुरोध गरेको छ ।

पुरा सुचना हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *