दक्षिण कोरियाको जुनकिरी भोलेन्टिएर टिम मार्फत कोरियाली समाजमा योगदान पुर्याए बापत २०२२ मा ह्वासंग महानगरपालीका बाट ३ नेपाली सम्मानित !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

नेपाल लगायत फिलिपिन,श्रीलङ्का,भियतनाममा विगत चार बर्षदेखी प्रत्यक्ष सहयोग गर्दै आईरहेको कोरियाली समुदाय संगै ति मुलकका कोरियामा श्रम गर्दै आईरहेका श्रमिकको सहकार्यमा स्थापित संस्था जुनकिरी फाउन्डेसन को जुनकिरी भोलेन्टियर टिम अन्तर्गत का सदस्यहरु ह्वासंग महानगर बाट सम्मानित भएका छन।

कोरियाली समुदायको उपस्थिति बीच विगत ४ वर्ष देखि ‘반딧불 봉사단’ अर्थात् जूनकीरी भोलेन्टियर कार्य निरन्तर गरिँदै आएको छ।२०२१ मा ” गाउँ बनाउने हाम्रो अभियान” स्वरूप सुरु गरिएको 마을만들기 अन्तर्गत नेपाली समुदायले पुर्याएको योगदान स्वरूप ह्वासङ्ग महानगर बाट ५ जना नेपाली सम्मानित भएका थिय भने २०२२ मा ३ जना नेपाली सम्मानित भएका छन।

२०२१ मा सम्मानित हुनेहरुमा विष्णु बहादुर चिदी, गोविन्द राई, आवि महर्जन, बाल कृष्ण थापा मगर, दीपक बञ्जारा लगायत भियतनाम र फिलिपिन्सका एक एक जना 표창장 पत्र बाट समानित भएका थिय भने निरन्तर मेहनत र परिश्रम कै कारण विगत वर्षहरुमा झै २०२२ मा पनि महानगर बाट तीन नेपाली सहित एक फिलिफिनकी चेली 표창장 पत्र बाट सम्मानित भएका छन।२०२२ मा नेपाल तर्फ बाट प्रमोद घागा मगर, कमल जी.सी, नांगील शेर्पा सम्मानित भएका छन।

यो सस्था मार्फत साप्ताहिक भोलेन्टियर अन्तर्गत सरसफाई, अपाङ्गता भएका कोरियन नागरिकहरुलाई खाना वितरण, ग्यासको चुलो बाल्न संभव नभएका परिवार लाई विरकेट वितरण , गाउँ बनाउने योजना अन्तर्गत ८०० के.जी आलु उत्पादन गरेर कोरियन समुदाय लाई वितरण जस्ता सामाजिक कार्यमा संलग्न भई कोरियाको कार्यव्यस्तता को बाबजुद कोरियाली समुदायमा योगदान पुर्याए बापत यो सम्मानपत्र प्रदान गरिएको हो।

भोलेन्टियर गर्दै गर्दा कोरियाली परिवार संग अत्यन्त निकट भएर परिवार बाट टाढा भएतापनी एकै परीवारका सदस्य झै मेलमिलाप पूर्ण वातावरणमा रमाईरहन पाएकोमा खुशी लागेको सम्मानित मध्येका एक कमल जि.सी ले बताएका छन।

” नेपाली दाजुभाईहरु पैसा मात्र कमाउन आउनु भएको हैन रहेछ, यति राम्रो सामाजिक कार्य गर्ने तपाईंहरु जस्तो मान्छे हाम्रो कम्पनीमा पनि एक दुई जना ल्याउनु पर्छ” जस्ता कोरियन हरुको अभिव्यक्तिले यहाँ हुने नेपालीहरुको केही राम्रा कार्यले बेरोजगार भई कोरिया आउन पर्खाइमा भएका हरुलाई टेवा पुग्ने आशा व्यक्त गरिएको छ।

जुनकिरी फाउन्डेसन मार्फत भोलेन्टिएर गर्नको लागी कोरियाली आधिकारिक भोलेन्टिएर साईट १३६५ मा आईडी दर्ता गरी गरिने भएकोले यो मार्फत भिषा परिवर्तनको लागी थप पोईन्ट पाईने भएकोले सेवा,सहयोग संगै आफुलाई पनि फाईदा हुने भएकोले ह्वासाङ्ग आसपासमा रहने नेपाली साथीहरु यस मार्फत जोडिन सक्ने जुनकिरी फाउन्डेसनका co-Founder तथा जुनकिरी भोलेन्टिएर ग्रुप का Vice President दिपक बन्जाराले बताउनुभयो।

जुनकिरी फाउन्डेशनले कोरियामा मात्र नभई विगत चार बर्षदेखी नेपाल लगायत अन्य मुलुकहरुमा विशेष गरी शैक्षिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ।हरेक बर्ष यस सस्थाले नेपालका दुर दराजका विधालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गर्दै आईरहेको छ।

यो संस्था मार्फत गत बर्ष २०२२ मा पनि नेपालका ७ वटै प्रदेशका बिभिन्न विधालयहरुमा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो भने आगामी दिनहरुमा समेत शैक्षिक सामाग्री हस्तान्तरण सहित नेपालमा निशुल्क अध्ययन गर्न सकिने विधालय निर्माण गर्ने योजना बनाएको दिपक बन्जारा ले बताउनुभएको छ।

फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *