कोरियामा एक नेपालीले साथीलाई यसरी फसाईदिए , प्रहरीको तारेखमा धाउन बाध्य

कोरिया समाचार

मीन बि क दक्षिण कोरिया

दक्षिण कोरियामा रहँदा आफुले गरेका कार्यहरुमा खुशी भएर कतै ब्यक्तिगत विवरण सार्वजनिक गरिराख्नु भएको त छैन ?q कतै त्यसो गर्दै हुनुहुन्छ भने अत्यन्तै ठूलो गल्ती त गरिरहनु भएको छैन ? सोच्दै गर्नुहोला ।

कोरिया एउटा डिजिटल देश हो यहाँ फोन गरेको भरमा धेरै सिष्टमले हाम्रा कागजपत्रहरुलाई प्रमाणको रुपमा मान्न्न सक्छ । फोटो पठाएको भरमा पनि धेरै काम हरु लिन सकिने हुन सक्छ भने फोटोकि कारण झमेला पनि हुन सक्छ । त्यसैले आफ्नो ब्यक्तिगत विवरण पोस्ट गर्नुअगाडी धेरै पटक सोच बिचार गरेर पोस्ट गर्नुहोला । सके सम्म ब्यक्तिगत विवरण सार्वजनिक गर्नु हुदैन ।

यसरी नै फेसबुकमा डाईभिङ्ग लाईसेन्स पोस्ट गरेर अहिले दुख पाईरहेका एक जना नेपालीले कहिले प्रहरी कार्यालय कहिले बैंक त कहिले बिमा कम्पनी धाईरहेका छन । कुरा के भने उसकै आफ्नै इलिगल साथीले प्रयोग केटिसाथी लाई पछाडि राखेर मोटरसाइकल चलाउदा दुर्घटनामा भएछ । दुर्घटनामा अर्को कोरियनको गाडीमा ठोक्किएर कोरियनको गाडीमा क्षती पुगेको रहेछ ।

दुर्घटना पछि प्रहरीले लाईसेन्स खोजी गर्दा साथीको फेसबुकबाट फोटो सेभ गरि प्रहरीलाई दिएछ । अहिले त्यो इलिगल साथीलाई प्रहरीले समातेर नेपाल पठाईदिएछ ।

बिनागलत कार्य हिजो आज प्रहरीको तारेखमा धाईरहनु परेको छ । प्रहरीले 2 बर्ष अगाडि नै जरिवाना तिरिकसकेर बिमा कम्पनिलाई पठाईसकेको रहेछ । बिमा कम्पनिले पैसा नतिरेको कारण देखाएर अहिले बैंक अकाउन्ट् बन्द गरिदिएको छ भने बिमा कम्पनिले पैसा तिर्नको लागि तरान्तार गोन गरिरहन्छ ।

आफ्नै साथीको कारण दुख पाईरहेका उनी न्यायको खोजिमा अहिले प्रहरी कार्यालय धाईरहनु भएको छ । आईडिकार्डको दुरुपयोग गरेर सिम कार्ड निकाल्ने हरु पनि छन ।त्यसैले आफ्नो ब्यक्तिगत विवरण सुरक्षीत राख्नुहोला सार्वजनिक गर्दा अनेक झमेला आउन सक्छन यो त एक उदाहरण मात्रै हो ।

Leave a Reply

Your email address will not be published.