दक्षिण कोरियामा एक नेपाली महिला द्वारा झुन्डिएर आत्मह’ त्या !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

ईपिएस मार्फत रोजगारीको शिलशिलामा कोरियामा कार्यरत एक नेपाली महिलाले झुन्डिएर आत्मह’त्या गरेकी छन।कोरियाको ईछनमा विगत ७ महिना देखी कार्यरत २७ बर्षिय निर्मला तामाङले आत्मह’ त्या गरेको खबर प्राप्त भएको छ।

मृ’तक तामाङ आफुले गर्दै गरेको काम छोडेर नयाँ कम्पनीमा गएको ४/५ दिन मात्र भएको र काम मा समेत लागी नसकेको बुझिएको छ।उनी साथीको कोठामा बसेकी थिईन।त्यही कम्पनीमा काम गर्ने तयारीमा रहेकी तर काम भने सुरु गरि नसकेको सुचना प्राप्त भएको छ।

उनी जनवरी ९ तारिख बेलुकी ५:३० बजे संगै बस्ने साथी काम बाट कोठामा फर्किदा कोठामा झुन्डिरहेको अवस्थामा फेला पारेको र लगत्तै उनले कम्पनी मा जानाकारी गरी प्रहरीलाई खवर गरेको जानाकारी प्राप्त भएको छ।

मृ’तक तामाङको नेपाल घर सिन्धुपाल्चोकको मेलम्ची भएको र उनी कोरियामा रोजगार अनुमति प्रणाली मार्फत कोरिया आएको मात्रै ७ महिना भएको बुझिएको छ।मृ’तक तामाङ विवाहित महिला भएको र नेपालमा २ जना बालबच्चा सहित श्रीमान समेत रहेको जानाकारी प्राप्त भएको छ।

आ’त्मह’त्या को खबर सिओल स्थित नेपाली राजदुतावास मा जानाकारी गरिएको र दुतावास ले यसको फलोअप गर्ने जानाकारी दिएको छ।हाल मृ’तकको शरिर प्रहरीले पोस्टमार्टम को लागी नजिकैको अस्पतालमा लगेको र पोस्टमार्टम रिपोर्ट आएपछी दुतावासले नेपालमा रहेको परिवारलाई पत्राचार गर्ने जनाएको छ।

घटनाको बिषयमा नेपालमा रहेको परिवार लाई समेत जानाकारी भईसकेको र श्रीमानले पार्थीव शरिर नेपाल पठाईदिनु भन्नुभएको कारण पोस्टमार्टम रिपोर्ट आईसकेपछी श’व नेपाल पठाउने प्रकृया शुरु गर्ने दुतावास श्रोतले जनाएको छ।

नेपाल श’व पठाउन निकै खर्चिलो हुने र वैदेशिक रोजगार विभागबाट श’व पठाउन लाग्ने खर्चको आधा रकम मात्र प्राप्त हुने भएपछी कोरियामा उनको शव नेपाल पठाउन आर्थिक सहयोग अभियानको शुरुवात छिट्टै गर्ने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका सचिव विशाल श्रेष्ठले बताउनुभयो।

मृ’तक तामाङको पार्थिव शरिरलाई नेपाल पठाउन नेपाल तामाङ धेदुङ दक्षिण कोरिया,नेपाल तामाङ धेदुङ ख्यङ.बुसान शाखा,बाग्मती प्रदेश एकता समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक समाज दक्षिण कोरिया आन्तरिक तयारीमा जुटेको र छिट्टै आर्थिक सहयोग अभियान चलाएर श’व नेपाल पठाउन लागीपर्ने श्रेष्ठले जानाकारी दिए।

पछिल्लो समयमा दक्षिण कोरियामा आत्मह’त्या,आकस्मिक मृ’त्यु लगायत कार्यस्थल दुर्घटनाका घटना बढदै गईरहेको छ।यस्ता घटनाहरु बढदै गएसंगै आत्मह’त्याका कारण र यसको न्युनिकरण का लागी सम्बन्धित निकायले खेल्नुपर्ने भुमिकाको बिषयमा समेत थप गम्भिर भएर सोच्नुपर्ने बेला आएको छ।

Leave a Reply

Your email address will not be published.