कोरियाको काम जाँदै जान्नन घाम,जिन्दगी यस्तै छ रामाराम ढाँटे मरिजाम !

कोरिया समाचार

हरिराम भन्डारी

बाउन्न हण्डर त्रिपन्न ठक्कर खॉदै ७०/८० हजारको लाईन क्रस गरेर रोजगार अनुमति प्रणालीका १९ वटा प्रकिया पार गरेपछि पनि कोरिया आउन भाग्यले साथ दिनुपर्छ।नत्र पोलेमाथि पोले फकुन्डो भने झै ईपिएस पिडितको ब्यानर लिएर नारा लाउनुको बिकल्प छैन।यि रहर भन्दापनि बाध्यता र विवसताका परिणाम हुन।

अनेकौ चुनौतीका पहाडहरु छिचोलेर कोरिया छिरेपछि पनि कॉहा सजिलो छ र हजुर!चुहुनी पहरो फुटाल्नु र घ्याम्पे भिरबाट हामफाल्नु जस्तै गार्हो छ।सुँगुरले शहर देखे जस्तै ६घन्टाको उडानपछि देखिने इन्छन एयरपोर्ट समुन्द्रमाथि बनेका भौतिक संरचना झिलिमिली देखेर स्वर्गै आएछुकि झैँ नलाग्नी को होला र?यहि बिन्दुबाट हाम्रो देसका शासकलाई सराप गर्न मन लाग्छ।उस्तै उस्तै भौगोलिक अवस्था र ४०/५०बर्ष अगाडी एउटै आर्थिक हैसियत भएका देस आज एउटा ३४ हजार अमेरिकि डलर प्रतिब्यक्ति आयमा रमाईरहेको छ भने एउटा ७००डलर प्रति ब्यक्ति आयमा जीवन व्यतित गर्न बाध्य छ।जति बुझ्यो उति पारो तातेर ऑउछ।

कोरियामा काम शुरु गर्दाको दिनदेखि नै सारा सपना एकै पटक सेती नदीमा परेको भुमरी झै घुमिरहन्छन।खारिएको तेलमा प्याज फुराए जस्तै झ्वॉईअँ गर्छ जिन्दगि।एकातिर मातृभुमि परिवार बिछोडको पिडा अर्कोतिर नँया परिवेशमा नँया कामको शुरुवात ।फलामको चिउरा ऑशुको सितनले निले जस्तै अनुभव महसुस हुन्छ।हाम्रो गॉउघरको काम गराई र यॉहाको काम गराईको शैली बिल्कुल फरक छ।

कर्मचारीले राजाको काम कहिले जालान घाम भनेर जागिर खाईदिन्छन।अरुले पनि घाम हेरेर एसो दिन कटाउनि हो।काम गर्निको तजबिजले काम हुन्छ साहु त घरिघरि हेर्नि हो।कोरियामा पुरा टाईम टेवलमा रहेर ननस्टप एउटै प्रकृतिको काम १०/१२घन्टा गर्नु पर्दा कस्तो हुँदो हो अनुमान गर्नुस।अरुलाई मत्रै हो मलाई त घ्यु काम छ भनेर कसैले भन्छ भने त्यो सत्य होईन।थ्रिडि डेन्जर डिफिकल्टी र डर्टी काम मात्रैमा हो बिदेसि कामदारले गर्नि।कोरिया मात्रै होईन संसारभरीअरुदेसका श्रमिकले गर्ने काम एस्तै हुन।

साउले नाईटा सम्म पसिनाले निथ्रुक्क भिजेर काम गरिरहेको हुन्छ।पाल्ली पाल्ली हेयो अर्थात छिटो छिटो गर्नुस भन्ने वाक्य बुढी ऑवईले नारायण भने झै बारम्बार भनिरहन्छ।तेस्तै कुचिष्ट साहुले त दिसापिसाव गरेको समय पनि हिसाव गर्छन।ला!समय त धन पो रहेछ भनेर झसँग भईन्छ।साउ मात्रै होईन साउनी झन एक कदम अगाडी छन काम गर्न र गराउन।धेरै श्रमिक भएको कंपनिमा (फान्जाङ)मेनेजर हुन्छ उस्को जवरेस्पोन्सबिलिटी नै अरुलाई मोरिन्जेल काम गराएर ऑफुले बोनस लिनु हो।तर उ बस्तैन राउन्डिङ गरेर सवै भन्दा बढी काम गरिरहेको हुन्छ।

केहि महिनाको हन्डरको चौरासी व्यन्जन खाईसकेपछि त स्वयमलाई काम प्यारो लाग्छ।घन्टाको ९५० त्यसै पाईन्छ।बानी परिसक्छ।अनि शुरु हुन्छ गनगन।मेरो त यार ओटि नै छैन।पैसाको बिटो थापेर पुगेन उसलाई महिनामा रुपैयॉको मुठो पठाउनु छ।अनि दिन के हो रात के हो?हटने होईन डटि लडने नेपालीको बानी हुन्छ भने झै १६/१८घन्टा काम गर्न राजिखुसि हुन्छ।यो कुरा मेनुफेक्चरमा काम गर्नेको हो।अईले तलव बढेको अवस्थामा कंपनिहरुले काम धेरै नदिएको गुनासो आईरहेको छ।

कृषिमा काम गर्नि कामदारको भने एकनाशको दिनचर्या रहेको छ।दैनिक १० घन्टा जोतिनु उस्को कर्तव्य हुन जान्छ।बिहान ऑखा मिच्दै झिसमिसेमा काममा नारीएपछि एकैचोटी झम्के सॉझमा फर्कने बाध्यता हुन्छ।छोटा दिन हुने जाडो महिनामा त कतिखेर घाम झुल्किन्छन र कतिखेर अस्ताए केहि पत्तो हुदैन।न्युनतम तलवमा त्यो पनि खानबस्नको काटेर कृषि कामदारलाई बिभेद गरिएको छ।लिँडो गोरुलाई औँसि न पुर्णियॉ भने झै महिनाका २दिन छुट्टी दिनपनि कतिपय कंपनिका दॉतबाट पसिना ऑउछन।यि सवै दुखका फेहरिस्त सुनाउँदै राजु परियारको मिर्मिरेको घाम,कोरियामा यस्तै छ रामराम ढॉटे मरिजाम।भविष्य हाम्रो हातमा छ।

Leave a Reply

Your email address will not be published.