किशन गौतम/दक्षिण कोरिया
कोरियामा भिसा बिहिन बसोबास गर्ने ३२ हजारभन्दा बढी विदेशी नागरिकले गत वर्ष सन २०२२मा स्वेच्छिक स्वदेश फिर्ती कार्यक्रम अन्तर्गत देश छाडेका छन l
कोरियामा अनुमानित ४ लाख १० हजार अबैधानिक बिदेशी नागरिक मध्ये ३२ हजार २६जना अर्थात करिब ८ प्रतिशतले गत बर्ष देश छाडेको न्याय मन्त्रालयलाइ उधृत गर्दै कोरिया टाइम्सले जनाएको छ l
कोभिड–१९ को महामारीले विगत तीन वर्षदेखि कागजपत्रविहीन बसोबास गर्नेको संख्या घटाउन मन्त्रालयको कानुनि प्रबर्धन कार्यमा बाधा पुगेको बताएको छ l यसलाई व्यवस्थित स्तरमा राख्ने प्रयासमा मन्त्रालयले २०२२ मा व्यापक रूपमा आम माफी तथा धरपकड कार्यक्रम सञ्चालन गरेको थियो l जनवरी र जुन बीचका साथै गत नोभेम्बर देखि चलिरहेको स्वेच्छिक स्वदेश फिर्ती कार्यक्रम आगामी फेब्रुअरी २८ देखि समाप्त हुदैछ l
कार्यक्रम अन्तर्गत स्वेच्छिक रूपमा कोरिया छाडेकाहरूलाई जरिवाना तिर्नबाट छुट दिइएको छ l अन्यथा पुनः कोरिया प्रवेश गर्न चाहनेले ३० मिलियन कोरियन वोन अर्थात २४ हजार अमेरिकी डलर सम्म जरिवाना तिर्नु पर्ने हुन्छ l
“आममाफीको लक्ष्य मुख्यतया आर्थिक कारणले कागजातविहीन बासिन्दाहरूको वृद्धिको गतिसँग संघर्ष गरिरहेका अध्यागमन अधिकारीहरूमाथिको भार कम गर्नु र यहाँका विदेशी समुदायसँग विश्वास निर्माण गर्नु हो ।” मन्त्रालयले भनेको छ l
दक्षिण कोरियाले पछिल्लो केहि महिना यता स्वेच्छिक स्वदेश फिर्तीका साथै धरपकडको कार्यलाई समेत ब्यापक बनाएको थियो जस अन्तर्गत ३२ सय भन्दा धेरै बिदेशीहरु पक्राउ परि स्वदेश फर्किएका छन l