कोरियनमा खा भनेको जा,तर नबुझेर मैले पाउरोटी खाँदा…

कोरिया समाचार

सिओल

छन्नानकाे लिडर्स कम्पनीमा मेराे काम थियोे ,उक्त कम्पनीमा १२ जना जति नेपाली थियौं ।म कम्पनीमा पुगेको चार महिना मात्रै भएको थियोे ।मलाई खासै भाषा आउदैन्थ्याे ।फेरि धेरै नेपाली दाईभाई भएकोले हामी आवश्यकता बाहेक बाँकी समय नेपालीमा कुराकानी गर्थ्याै ।त्यसकारणले पनि काेरियन भाषा झनझन कमजोर हुदै थियोे ।

काेरियामा भाषा राम्रो जान्नले काम पनि राम्रो गर्ने भयो ।किन भने काेरियनले भनेको राम्रोसँग बुझेपछि काम पनि राम्रो हुने भयो र काेरियनले पनि मन पराउने भयो ।तर म भाषा खासै नजान्ने भएकोले काेरियनले भनेको नबुझदा काम धेरै बिगार्थे अनि मर्नेगरि गालि खान्थे ।सुरु सुरुमा त सेक्या ,खेक्या भनेर काेरियनले गालि गर्दा पनि मैले थाहा पाउदैनथे,साथीहरूले तलाई नराम्रो सँग साहुले गालि गरेको छ भनेर बुझाउथे ।

काेरियनले कम्पनीमा काम मज्जाले एकदुई पटक सिकाउछ,सिकाउदा उसले धेरै मेहनत गर्छ,भाषा जान्नेले उसले सिकाएको राम्रोसँग सिक्छन र काम पनि बिगार्दैन । तर भाषा नबुझ्नेले काेरियनले जति राम्रोसँग सिकाएपनि पुरा सिक्दैन र काम बिगार्छ ।जतिबेला काम बिग्रन्छ त्यतिबेला साहु यति रिसले फायर हुन्छ,उसको रिसले शरीर मेरो कति पटक थररर भएको छ ।

काम गर्दा सामाग्रीहरु बिग्रेर खेर गए भने धेरै लाेभ मान्छ,सामान बिग्रनुलाई उसले फुल्याङ भयो भन्छ ।सामान फुल्याङ भयो भने पुरै कम्पनी भित्र हल्लिखल्लि मञ्चिन्छ ।एउटा सानाे सामान,जसको नेपाली मूल्य पचास रुपैयाँ पर्छ,मेसिनले प्रशाेधन गर्ने क्रममा सानाे दाग देखायो भने पनि कम्पनी भर हल्ला मञ्चिन्छ,तुरुन्तै साहु,अन्य इन्चार्जहरु पुग्छन् ।कारण खाेज्दै त्यो मेसिनमा काम गर्नेलाई गालि गर्छन् ,सकभर सजाय स्वरुप काम परिवर्तन गरिदिएर अर्को मेसिनमा हालिदिन्छन।

मलाई त यस्तो गालि र अन्तिम चेतावनी कति दिए कति? पछि पछि त मेरो नाम समेत काेरियनले फुल्याङ राखिदिएका थिए ।मेरो ओभर टाईम (छानव) समेत रिसले साहुले कटाइदिन्थे ।काेरियामा शनिबार,आइतबार र हप्तामा ओभर टाइम काम भएन भने तलब अत्यन्तै कम हुन्छ ।यसको मारमा म धेरै परे।तर ६ महिना पछि मैले काममा सुधार गरे ।भाषामा पनि सुधार गरे ।अनि विस्तारै साहुले मलाई पनि मन पराउन थाल्यौं ।

साहुले मन पराउन थालेपछि मलाई काममा पनि धेरै जाँगर आयो ।काम ध्यान दिएर गर्न थाले ।साहुले विस्तारै छानव पनि (ओभर टाइम) दिन थाल्यो ।हाम्रो बेसिक काम बिहान ८ बजे देखि साँझ ५ सम्म थियोे ।कहिलेकाही ३ घण्टा छानव (ओभर टाइम ) दिन्थ्याे ।छानव भएको दिन कम्पनीले नजिकैको रेस्टुरेन्टमा खानाको व्यवस्था गरेको थियोे ।रेस्टुरेन्टमा सधैं बंगुर,गाई काे मासु भएकोले म प्रायः खान खान जादैन्थे ।

एकदिन साहुले आज तेरो छानव (ओभर टाइम) छ भन्यो ।सबै खाना खान हिडे।खाना खान पाँच मिनेट हिडेर जानुपर्थ्याै ।म बंगुर ,गाई ,गाेरुकाे मासु नखाने भएकोले उक्त दिन राम्यान (चाउचाउ ) खाएर कम्पनीमै बसे ।साँझ पाँच ३० बाट छानव सुरु हुन्थ्यो ।म राम्यान खाइरहेकाे बेला अफिस बाट साहुले यहाँ आ भनेर बाेलायाे ।साहु पछाडि फर्केर मलाई चिवे खा भन्यौं ,म एकाेहाेराे सुने फेरि खा खा भन्यो ,टेबुलमा पाउरोटी थियोे ,चिवे खा खा भनेको टिपेर खा खा भनेझै मानेर मैले पाउरोटी खाए ।फेरि साहु फर्केर मर्ने गरि गालि दियो र भन्यो अगाडि छानव छ भनेको थिए आज काम नहुने भयो घर जा भनेको बुझिनस?

खा खा भनेको मैले एकाेहाेराे सुरमा नेपाल सम्झेर पाउरोटी खाएछु ।आधा खाएको पाउरोटी हातमा समाइरहे,पछि साहु हास्दै मगमग भन्यो । मगमग भनेको नेपालीमा खा खा भनेको हाे ।काेरियनमा खा खा भनेको जा जा हुन्छ तर कहिलेकाही उस्तै प्रंसगले नेपाली शब्दको अर्थ लागेको सम्झेर मैले उल्टाे गरेछु ।यस्ता धेरै अविस्मरणीय संयाेगहरु मेरा काेरिया बसाइमा धेरै छन् ।

मेरा अनुभव तथा सिकाईहरु केही अनाैठा,केही असभ्य ,केही राेचक भएपनि तपाईंको लागि सिकाइ हुन सक्छन् ।मेरा केही अनुभुति लेखहरुमा प्रिय पाठक मित्रहरुले तल्लो स्तरका गालि पनि गर्नुभएको थियोे त्यसमा मेरो केही छैन ।तर केही घटनाको पात्र म भएपनि घटना तथा प्रसंगहरु काेरियामा तपाईंहरु सँग पनि मेल खान सक्छन् ,मैले काेरिया बसाइमा केही त्यस्ता अनाैठा अनुभवहरु संगालेकाे छु भने त्यस्ता केही अमिट त्यागहरु पनि गरेको छु ।निरन्तर ……..!

हाना आईडलको रिपोर्ट

Leave a Reply

Your email address will not be published.