कोरियाको सिओलमा ‘THE SOUL OF COMMANDO ‘ प्रदर्शन हुने !

कोरिया समाचार

सिओल

नेपाल को पुर्बी जिल्ला खोटाङ को सप्तेस्वर गा.बि.स.( केपालिशगढी गाउँ पालिका) छेराडाडा गाउँमा एक साधारण परिवार मा जन्मिएका राज कुमार राई ले गाउकै स्कुल बाट औपचारिक शिक्षा लिएका थिए।स्कुले जीवन बाटै खेलकुद मा रुचि राख्ने राई सन 1980 मा बृटिश आर्मिमा भर्ती भई आर्मिमै रहदा मार्सल आर्ट सिक्न शुरु गरेका राई TAEKWANDO 7 DAN[ GRAND MASTER] गरेका छन्।

राईले मार्सल आर्ट मार्फत देसलाई पद्क पनि दिलाएका छन र मार्सल आर्ट मार्फत नेपाल मा पदक भित्राउने पहिलो खेलाडी पनि हुन।
सन1999 मा साफ गेम मा कास्यपदक 1999 मा स्वर्ण पदक बिजेता साथै 1985 मा HONGKONG CHAMPION बनेका थिय।

साधारण ब्यक्ति असाधारण ब्याक्तित्व भएका राई मार्सल आर्ट मा त अब्बल छदैछन साथै THE COMMANDO मार्फत सन1998 मा नेपाली चलचित्रमा पनि डेब्यु गरेका अहिले फेरि THE SOUL OF COMMANDO मार्फत पुन COME BACK गरेका छन।

सरल जीवन बिताउन मन पराउने राई रास्ट्र बाट पनि सम्मानित / बिभुषित छन ।उनी गोरखा दक्षिण बाहु तेस्रो र पाचौँ बाट सम्मानित छन।
राजकुमार राई फिल्म का मात्रै हैनन वास्तविक जीवन को पनि REAL COMMANDO हुन। जीवन का विभिन्न अबरोह हरु पार गर्दै एक सफल ब्यक्ति बनेका राई धेरै का लागि प्रेरणा का स्रोत हुन्।

साथै The soul of commando नेपाली चलचित्र कोरियन नयाँ बर्षको अवसर पारेर दक्षिण कोरियाको सिओलमा प्रदर्शन हुने भएको छ।ब्ल्यू लाईन एफ सी दक्षिण कोरिया द्वारा सलनालको पहिलो दिन २१ तारिख दक्षिण कोरियाको सिओलमा अवस्थित 뜻빢의 국장 मा प्रदर्शन हुने भएको हो।

Leave a Reply

Your email address will not be published.