दक्षिण कोरियाको सिओलमा फेव्रुअरी १ देखी नयाँ नियम !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको राजधानी सिओल सहर सरकारले फेव्रुअरी १ तारिख देखी लागु हुनेगरी सिओल क्षेत्रमा ट्याक्सीको आधारभुत (बेसिक) भाडा ३८०० वोन बाट एकैपटक १००० वोन बढाएर ४८०० वोन कायम गराउने भएको छ।

सिओलमा सन्चालित मध्यम आकारका सेडान क्याव ट्याक्सीको आधारभुत भाडा दर बढाउने सिओल महानगर सरकारको योजना अन्तर्गत यो नियम फेव्रुअरी १ देखी लागु हुने भएको छ।

योजना अन्तर्गत, आधारभूत (बेसिक) ट्याक्सी भाडा लागू हुने प्रारम्भिक न्यूनतम दूरी पनि हाल चल्तिमा रहेको २ किलोमिटरबाट १.६ किलोमिटरमा घटाइने भएको छ।यस अघि २ किलोमिटर दुरी पार गर्दा सम्म बेसिक भाडादर ३८०० वोन तिरे हुनेमा यो नियम लागु भएपछी १.६ किलोमिटर दुरी पार गर्दा ४८०० वोन तर्नुपर्नेछ।

आधार भाडा लिइसकेपछि, हालको १३२ मिटरको तुलनामा प्रत्येक १३१ मिटरको दुरीमा १०० वन अतिरिक्त शुल्क लाग्ने पनि नगरले जनाएको छ ।

कोभिड-१९ महामारीका कारण सहरमा ट्याक्सी क्याबको अभाव भएको गुनासो बढ्दै गएपछि नगर सरकारको यो निर्णयगरेको हो।

रातको समयको ट्याक्सी सेवा बढाउने प्रयासको एक भागको रूपमा, शहरले ट्याक्सी चालकहरूलाई गत महिना पनि राति १० बजेदेखि रातको समय बिहान छ बजेसम्म अतिरिक्त चार्ज लिन अनुमति दिएको थियो।

संशोधित ट्याक्सी भाडा योजना अन्तर्गत, मध्य सियोलको जोङगाक सबवे स्टेशन देखि दक्षिणी सियोलको गाँगनाम सबवे स्टेशन सम्मको १० किलोमिटर रातको ट्याक्सी सवारीको लागत १७,७०० वोन हुनेछ, विस्तारित नियम लागू हुनु अघिको तुलनामा २९.२ प्रतिशतले भाडा बढेको महानगर ले जनाएको छ।

प्रिमियम ट्याक्सीहरूको बेसिक भाडा पनि फेब्रुअरीदेखि ६५०० ​​वोनबाट ५०० वोन बढेर ७००० वन पुर्याउने महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *