दक्षिण कोरियाले २०२३ को दोस्रो चरणमा २८ हजार १२८ जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक

कोरिया समाचार

सिओल

दक्षिण कोरियाले २०२३ को लागि दोस्रो चरणको कामदार छनौट मिती र संख्या सार्वजनिक गरेको छ । दोस्रो चरणमा २८,१२८ जना छनौटमा पर्ने कामदारको कोरियाको मानव संसाधन केन्द्र hrd ले रोजगार अनुमती पत्र जारी गर्ने भएको छ ।

रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित हुनेछन । कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत विवरण प्रमाणित भएकाहरुलाई कम्पनिको विवरण सहितको रोजगार अनुमती पत्र जारी भैसकेपछी कम्पनिले श्रम सम्झौता पठाउनेछ ।

२०२३ को दोस्रो चरण अन्तर्गत जारी हुनेमा सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा रहेका छन जसमा

उत्पादन मुलक क्षेत्रको २० हजार ६५९ जना ,

कृषि तथा पशुपालन क्षेत्र तर्फ ३,८२५ जना ,

मत्स्यपालन तर्फ :२ हजार १ सय ९३ जना ,

निर्माण तर्फ १ हजार ४९ जना ,

सेवातर्फ ४ सय २ जना रहेका छन ।

रोजगार अनुमति जारी गर्ने मितिमा क्रमश

उत्पादन क्षेत्र तर्फ -2023.3.20 (सोम) देखि 3.24 (शुक्र)
कृषि तथा पशुपालन क्षेत्र तर्फ: 2023.3.27 (सोम) ~ 3.31 (शुक्र)

छुटपुट रोजगार अनुमति जारी गर्ने मिति: ‘२३.४.४ (मंगल) ~ 4.5 (बुध)

-・अतिरिक्त रोजगार अनुमति जारी गर्ने मिति : 2023.4.7 (शुक्र), 10 (सोम)

सम्म रहनेछ ।

कामदारको रोजगार अनुमती पत्र जारी गरिसकेपछी कम्पनिको तर्फबाट रोजगार सम्झौतापत्र पठाईनेछ र इपिएस प्रणाली अन्तर्गत रोजगार सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता हुनेछ । र इपिएसको प्रणाली अन्तर्गत कोरिया प्रवेश गराईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *