पुलमा प्रेसर कुकर बम, डेढ घण्टादेखि पूर्व पश्चिम राजमार्ग बन्द

मुख्य समाचार

मोरङ : पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका- १० चिसाङ खोलाको पुलमा बम भेटिएको छ। राजमार्गको बीच भागमा प्रेसर कुकर राखिएको छ।
पुलको बीच भागमा प्रेसर कुकर देखेपछि डेढ घण्टादेखि राजमार्ग बन्द छ।

अहिलेसम्म बम डिस्पोजल टोली आइपुगेको छैन।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार कुकरको माथिल्लो भागमा रातो टेप लगाइएको छ भने कुकरबाट करिब २० मिटर लामो बिजुलीको तार जंगलतिर लगिएको छ।

अपरित एक समूहले बाटोमा हिँडेका स्थानीयबासीलाई ‘विप्लव’ का कार्यकर्ता हौं, बम राखिएको छ, यताउता नहिँड्नुहोला’ भन्दै बम राखेर हिँडेको प्रहरीले जनाएको छ।डेढ घण्टादेखि प्रहरीले राजमार्ग बन्द गरेको छ भने पैदलयात्रुलाई पनि हिँडडुल गर्नमा रोक लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *