दक्षिण कोरियाले २०२३ देखि ४ बर्ष बसेकालाई E-7-4 भिषा दिने ।

कोरिया समाचार

सौल दक्षिण कोरिया

दक्षिण कोरियाले २०२३ देखि E-7-4 भिषा दिने मापदण्डमा हेरफेर गरेको छ । २०२३ देखि e-9 भिषामा ४ बर्ष कोरियामा काम गरेकाले E-7-4 भिषाको लागी आवेदन दिन पाउने भएका छन ।

दक्षिण कोरियाली न्याय मन्त्रालयले २०२३ को लागि जारी गरेको मापदण्डअनुसार कोरिया प्रवेश गरेको ४ बर्ष अवधी पूरा गरेकाहरुले यदि कोरियाको अध्यागमन बिभागद्वारा संचालित 사회통합프로그램 (KIIP) अन्तर्गत ३ लेभल पास गरेको खण्डमा भिषा आवेदन दिन पाउनेछन ।

२०१८ भन्दा अगाडि पनि ४ बर्ष कोरियामा बसेकाले E-7-4 भिषाको लागि आवेदन दिन पाउने ब्यबस्था थियो त्यो ब्यबस्थालाई २०१८ देखि हटाएर ५ बर्ष पुरा भएकाले मात्रै आवेदन दिन पाउने ब्यबस्था गरेकोमा पुन : २०२३ जनवरी दिल्ली लागू हुने गरेर ४ बर्ष अवधी पूरा गरेकाले E-7-4 भिषाको लागि आवेदन दिन पाउने बनाएको छ ।

आवेदक ४ बर्ष कोरिया प्रवेश गरेको अवधी पूरा हुनुको साथै kiip को ३ लेभल पास गरेको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *