गुरुदत्त न्यौपाने/सिओल
ईपिएस मार्फत रोजगारीका लागी दक्षिण कोरियामा रहेका मोडेल ‘प्रिन्स राजपुत चौहान पछिल्लो समय आफ्नो कलाकरिता मेहनत लगनशील ता मार्फत दर्शक माझ लोकप्रिय बनिरहेका छन कोरियाको व्यस्त समयका बाबजुत पनि नेपालि कलाकारिता लाइ निरन्तरता दिदै आइरहेका प्रीन्स उहाको पहिलो डेब्यु नबिन बिश्वोकर्मा को “याद” नामक भिडियो बाट गरेका थिए ।
कोरियामा रहँदा व्यस्त दैनिकी लाई थोरै पाखा लगायर विभिन्न म्युजिक भिडियो पस्किएका प्रीन्सको माया ,राधा प्यारी जस्ता भिडियो हरु गरि सकेका छन भने नेपाल को उच्च हिमाली भेग मनाङ,मुस्ताङ को राज कुमार र राजकुमरि को अलौकिक प्रेम कथा सितल सितल म्युजिकल फिल्म ‘ हालसालै युट्युबमा सार्वजनिक भएको छ ।
काल्पनिक कथाबस्तु मा तयार पारीएको उक्त म्युजिकल फ्लिम एक राज कुमार योद्धा को प्रेम कहानि ,प्रेममा गरिएको गल्ति ,बियोग ,तड्पाइ ,र पच्चताप र पुन: जम्न जस्ता दृश्य सगै मुस्ताङ को अलौकि एतिहासिक कुरा हरु पनि देख्न सकिन्छ OSR Digital युट्युब
च्यानल मार्फत सार्वजनिक गरिएको ‘शितल शितल’ गित का गायक गायिका रवि शर्मा र अस्मिता अधिकारि हुन भने रोहित घिमिरेको शब्द सङ्कलन रहेको छ।
प्रिन्स राजपुत चौहान र मल्लिका महतको अभिनय रहेको उक्त म्युजिक भिडियोमा सि एल शर्माको संगित,बिनोद ढकालको न्यारेसन र पुस्कर खत्रीको अरेन्ज रहेको छन नेपाल को चर्चित निर्देशक केशब राज भट्टको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायाङ्कन बुद्द थापा ले गरेका छन भने दिनसन शाहको भिडियो सम्पादन रहेको छ।म्युजिक भिडियोको कथा शङ्करा दत्त भाटले तयार पारेका हुन ।
भिडियो हेर्नुहोस।