सिओल
रोजगारीका लागि कोरिया पठाउने भन्दै केही व्यक्ति र संस्था मिलेर स्थानीय युवालाई तालिम दिएको फेला परेको छ । पानीजाहाज वेल्डिङको काम मिलाइदिने भन्दै इलामका सुरेन्द्र राई र कान्तिपुर मल्टी टेक्निकल कलेजले युवालाई तालिम दिएका हुन् ।
राईको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टिच्युट र कोरियाको भाषा पढाइरहेको इलाम बजारको कान्तिपुर मल्टी टेक्निकल कलेज यो कार्यमा संलग्न देखिएका छन् ।
कोरिया पठाउने नाममा अवैध रुपमा युवाहरुबाट पैसा उठाएको भन्दै सूचना पुगेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबार अनुमान गर्दा अवैध धन्दा फेला परेको हो ।
अनुगमनका क्रममा दुई संस्थाले मिलेमतोमा प्रत्येक युवाबाट ९१ हजार रुपैयाँ उठाएर वेल्डिङको तालिम दिइरहेको फेला परेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
दक्षिण कोरियामा आउदो सोमबार देखी नयाँ नियम लागु हुँदै !
गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरिया सरकारले आउदो सोमबार देखी लागु हुनेगरी यहाँको सम्पुर्ण सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क लगाउनुपर्ने नियम लाई हटाउने भएको छ।
कोरोना भाईरस सङ्क्रमण दर घटेसंगै कोरिया सरकारले सार्वजनिक यातातातका साधन जस्तै बस,सव वे तथा हवाई यात्रा गर्दा अनिवार्य मास्क लगाउनुपर्ने नियम आउदो सोमवार देखी पुर्णरुपमा हटाउने भएको कोरियाली स्वास्थ्य अधिकारीलाई उदृध गर्दै कोरिया टाईम्सले समाचार लेखेको छ।
कोरोना भाईरस विश्वव्यापी रुपमा फैलिएसंगै दक्षिण कोरियाले २०२० को अक्टोबरमा अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाएको थियो।
कोरिया सरकारले गत जनवरी ३० मा मास्क प्रयोग अनिवार्यता लाई केही खुकुलो बनाएपनी सार्वजनिक यातायात,ठुला कन्सर्ट तथा भिडभाड,सार्वजनिक स्थलहरुमा भने मास्क अनिवार्यता कायम गरेको थियो।
कोरियाली स्वास्थ्य मन्त्रालको बुधबार बसेको बैठकले अवदेखी कुनैपनी स्थानमा मास्क अनिवार्यता लाई पुर्ण रुपमा हटाउने निर्णय गरेको छ।यधपी बैठकले भिडभाड हुने स्थान,ट्रेन स्टेसन ,सुपरमार्केट तथा फार्मेसी लगायत का ठाउँहरुमा स्वविवेक प्रयोग गरी स्वतस्फुर्त मास्क प्रयोग गर्न भने सुझाएको छ।
लगातारको कोभिड सङ्क्रमण दरमा कमि तथा कोभिड जोखिम कम भएसंगै कोरिया सरकारले यस्तो निर्णय गरेको हो।कोरिया बाहेक अन्य धेरै देशहरुले मास्क अनिवार्यता हटाईसकेर साधारण अवस्थामा आईसकेपछी कोरियाले समेत यो नियम हटाएको हो।