गुरुदत्त न्यौपाने/सिओल
विगतमा होस या हाल नेपालमा रहँदा होस कोरियाको कुरा आउँदा सबैले सम्झिने नाम हो ‘ईपिएस छिन्गु’ ! कोरिया सम्बन्धी सत्य, तथ्य र सुचनामुलक समाचारको विश्वसनीय श्रोतको रुपमा रहेको ‘ईपिएस छिन्गु’ सबैले चिन्ने नाम हो।
अरुण श्रेष्ठ यानिकी ईपिएस छिन्गु ! कोरियनमा छिन्गुको अर्थ हुन्छ साथी , अरुण श्रेष्ठले ईपिएस साथीको रुपमा आफुलाई सहयोगी भावनाको रुपमा उभ्याएको बर्षौँ भईसक्यो।
ईपिएस मार्फत २०१० मा कृषी क्षेत्रमा कोरिया आएका अरुण श्रेष्ठ ( ईपिएस छिन्गु ) पहिले देखीनै आफु जिज्ञासु र सहयोगी भावनाका थिए। कोरिया कृषीमा आएको केही समय पछाडी पशुपालनमा काम गर्न थाले पछी थोरै बचेको समयमा उनले विभिन्न आधिकारीक सुचना सङ्कलन गरी आफुले फेशबुकमा शेयर गर्ने गर्थे।

त्यसताका अहिलेको जस्तो सुचनाको सहज पहुँच थिएन,सबै सङ्ग समार्ट फोन , सहज इन्टरनेटको पहुच थिएन । कोरियामा अहिलेको जस्तो सङ्घ सस्था लगायत सुचनाको विश्वशनिय श्रोत नभएको परिस्थितिमा उनले व्यस्त समयको अलावा कोरियामा श्रम गरिरहेका नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने हेतुले फेशबुकमा सुचना,समाचार र जानाकारी मुलक तथ्यहरु शेयर गर्न थाले।यसो गर्दै जाँदा कोरियामा गाह्रो सार्ह्रो पर्नेहरु उनको सम्पर्कमा आउन थाले।

समस्यामा परेका कतिपय नेपालीहरुलाई सकेसम्म आँफै सहयोग गर्ने नभए सम्बन्धित निकाय सम्म सुचना गर्ने या त्यहाँ सम्म जाने आधिकारिक बाटोको बिषयमा भनिदिने हुँनाले उनी कोरियामा धेरैको विश्वसनिय साथी बन्न पुगे।विशेषगरी ईपिएस सम्बन्धी समस्या तथा यही सम्बन्धी सुचना शेयर गर्ने भएकोले उनले आफ्नो नाम ‘ईपिएस छिन्गु ‘ राखे ।

२०१० देखी ईपिएस लगायत कोरिया संग सम्बन्धित सुचना,समाचार तथा जानाकारी दिँदै हालसम्म पनि उनले यो कामलाइ भने छोडेका छैनन।२०१० मा कोरिया पहिलो कार्यकाल ५ बर्ष सकाएर दोस्रो कार्यकालमा मेनुफ्याक्चरमा कोरिया छिरेका उनले दोस्रो कार्यकालमा रहँदा एन.आर.एनए कोरियाको यूवा संयोजकमा भारी मतले विजयी भई एक कार्यकाल एनआरएनए कोरिया मार्फत पनी कोरियामा रहेका नेपालीहरुलाई निरन्तर सहयोग गरिरहे ।

पहिलो कार्यकाल होस या दोस्रो कार्यकाल,व्यस्त समय होस या फुर्सद निरन्तर उनले कोरिया सम्बन्धी सत्य तथ्य सुचना दिँदै कोरियामा कार्यरत नेपाली लगायत कोरिया आउन चाहनेहरुको लागी सुचनाको पुलको काम गरिरहे। फलस्वरुप उनको चर्चा हाल सम्म पनि छ।उनलाई विश्वास गर्ने मानिसहरुको सङ्ख्या फेशबुकमा झन्डै एक लाख पुग्न लागि सकेको छ।

२ कार्यकाल सकेर नेपाल फर्किएका उनले केएमई ट्राभल्स एन्ड टुर्समा जागीर गरे।कोरिया संग सम्बन्धित कामनै भएकोले जागिरमा रहँदा टिकट काटनुको अलावा निरन्तर नेपाल बाटै भएपनी सुचनाहरु सम्प्रेषण गरिरहेका छन। उनले हाल जागीर छोडेर आफ्नै नाम लाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ हाल काठमान्डौँको चावहिलको पिपलबोटमा अवस्थित नरमाया भवनमा ‘ईपिएस छिन्गु कन्सल्टेन्सी तथा ट्राभल्स’ को विधिवत रुपमा उद्घाटन गरेका छन।

“मलाई अन्य ब्यवसाय भन्दा यो सेवा क्षेत्र व्यवसाय छानेर सही गरे जस्तो लागेको छ । मलाई नेपाल देखी कोरिया जान चाहना राख्ने साथीहरुलाई सत्य जानकारी, सेवाहरु दिएर उहाहरुको कोरिया सपना पूरा गर्न म सहयोगी भुमिका निभाउन चाहन्छु । उहाहरुको पनि कोरियामा रोजगारी गरी आर्थिक अवस्था सबल भएको हेर्न चाहन्छु । त्यस्तै सरल र सुलभ मुल्यमा टिकट काटेर उहाहरुको गन्तव्य सम्म पुर्याउन चाहन्छु । त्यसैले यहाहरु सबैले सहयोग र साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु ।”कोरियापाटी डट कमको सम्बादमा उनले भनेका छन ।

गत हप्ता कोरियामा लामो समय नेपाली राजदुतावासमा श्रम सहचारीको रुपमा काम गरि नेपाल फर्किनु भएका डिल्लीराम बास्तोला,कोरियामा रहँदा समाजसेवी तथा अभियन्ताको रुपमा चिनिनु भएका यम श्रेष्ठ,एपिवान टेलिभिजन मार्फत कोरियामा रहँदा पत्रकारिता गर्नुभएका होटल व्यावसायी सन्दिप पान्डे लगायत धेरैको उपस्थितिमा उनले आफ्नो नयाँ व्यवसाय उद्घाटन गरेका छन।

सेवामुलक क्षेत्रमा निरन्तर सेवा संगै व्यावसाय गर्ने उच्च चाहना,आफुलाई मनपर्ने र गर्दै आईरहेको जानेको क्षेत्रमा लाग्ने विशाल आँट गरि होमिनु भएको ईपिएस छिन्गुलाई कोरियापाटी डटकमको तर्फबाट सफलताको शुभकामना ।
फोटो फिचर