दक्षिण कोरियाको एक चिडियाखाना बाट भागेको जेब्रा भेटियो !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको राजधानी सिओलको एक चिडियाखाना बाट बिहिबार भागेको जेब्रा लाई करिब ३ घन्टापछी नियन्त्रणमा लिईएको चिडियाखाना कर्मचारी तथा दमकल अधिकारी ले जानाकारी दिएका छन।

पूर्वी सियोलको सियोल चिल्ड्रेन्स ग्रान्ड पार्क चिडियाखाना बाट हिजो बिहिबार दिउँसो २:५० बजे जेब्रा भागेको बताइएको छ।

सन् २०२१ मा सोही चिडियाखानामा जन्मिएको सेरो नामको जेब्राले चिडियाखानाको काठको बार तोडेर भागेको चिडियाखानाका कर्मचारीले बताएका छन् ।

अधिकारीहरूले पछि जेब्रालाई सुरक्षा बारले घेरेर माँसपेशी शिथिल पार्ने एनेस्थेटिक औषधिहरू ख्वाई नियन्त्रणमा लिएका थिय। जेब्रालाई साँझ ६ः१० बजे चिडियाखानामा फर्काइएको थियो ।

अधिकारीहरूका अनुसार घटनाबाट कुनै हताहत वा सम्पत्तिको क्षति भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *