गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको बहुसाँस्कृतिक आन्सान सहरमा (BUDDHA WAS BORN IN NEPAL) “भगवान बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने मूल नारालाई आत्मसाथ गर्दै बुद्ध र बुद्धभूमि नेपाललाई विश्वमा पहिचान गराउने हेतुले नेपाली मौलिक बाजागाजासहित बुद्ध पूर्णिमा विशेष झाँकीसहित विशेष रथलाई नगर परिक्रमा सहित बुद्ध पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

पूर्विय कला,संस्कार अनि संस्कृतिलाई परदेशमा भएपनी जगेर्ना गर्नुका साथै कोरियन समुदाय संग नेपाली धर्म,संस्कृती ,कला र संकार लाई परिचित गराउने उद्देश्यका साथ स्थापना भएको ‘सनातन,साहित्य,संगित,साधना ,समुह ‘ ‘पाँच -स दक्षिण कोरिया,नेपाली राजदुतावास सिओल,आदीबासी जनजाति महासंघ दक्षिण कोरिया र एनआरएनए ईन्छन ख्यङ्गी प्रान्तको संयुक्त आयोजनामा हिजो दक्षिण कोरियाको आनसान सहरमा २५६७ औँ बुद्ध जयन्ती विशेष कार्यक्रम -२०८० भव्य रूपमा सम्पन्न भएको हो ।

आनसान सहर विशेषगरी विदेशीहरुको बाहुल्यता भएको सहरको रुपमा चिनिन्छ,यो सहरलाई बहुसाँस्कृतिक सहरको रुपमा लिईने भएको कारणले यहाँ यस्ता कार्यक्रमहरु गर्दा अन्तरास्ट्रिय प्रभाव पर्ने आयोजक को बुझाई छ।
बुद्द नेपालमा जन्मिएका हुन भन्ने नारा सहित बुद्दको फोटो लगायत बुद्दको मुर्ती सहितको रथ लाई सयौँ नेपालीहरु द्वारा ॐ माने पेमे हु भन्ने बुद्दत्व धुन संगै शहर परिक्रमा गरिएको थियो।

‘ अधिकाँश कोरियन हरुलाई बुद्द नेपालमै जन्मिएका हुन भन्ने थाहा छैन।गुगल लगायत ईन्टरनेट प्लाटफर्ममा समेत बुद्द जन्मिएको स्थानका बिषयमा भ्रामक सुचना भएका कारण यहाँका नागरिकहरु बौद्व धर्म मानेता पनि कतिपयलाई बुद्दको जन्मस्थान नेपाल हो भन्ने समेत थाहा नभएको कारणले सानै भएपनी प्रयास स्वरुप यस्तो कार्यक्रम आयोजना गरेका हौँ’ कार्यक्रम आयोजक संस्था पाँच स दक्षिण कोरियाका कार्यबहाक अध्यक्ष बिष्णु थापाले भने।
उक्त रथयात्रा पाँच स दक्षिण कोरियाले सन्चालन गर्दै आईरहेको साझा साँस्कृतिक घर तथा आनसान नेपाली पुस्तकालय हुँदै आनसान माईग्रेशन सेन्टरको प्राङ्गणमा एक बिशेष कार्यक्रम पश्चात नगर परिक्रमा गरिएको पाँच स दक्षिण कोरियाका कोषाध्यक्ष हरि प्रसाद भट्टराईले जानाकारी दिए।
‘कोरियाली भुमीमा बुद्द धर्मको प्रचार र बुद्द नेपालमा जन्मिएका हुन भन्ने पम्लेट लिएर बजार परिक्रमा गर्दा कोरियन हरुले चासोपुर्वक हेर्दै भिडियो समेत खिचेका थिय।सानै प्रयास भएपनी यसले कोरियाली समाजमा सकारात्मक सन्देश छोडेको छ।हामी खुशी छौँ। ‘ आदीबासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक युगल तेन्डुप शेर्पाले भने।
यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा थप बिशेष र व्यवस्थित रुपमा कोरियाका बिभिन्न क्षेत्रहरुमा गर्न सके यसले सकारात्मक प्रभाव पार्न सकिने र बुद्दको जन्मस्थानको बिषयमा भएका भ्रामक कुराहरुलाई चिर्न मद्दत मिल्ने आयोजक मध्येकै संस्थ एनआरएनए ख्यङ्गी प्रान्त अध्यक्ष पुरुषोत्तम गौतमले बताएका छन।
कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई आयोजक संस्थाहरुले धन्यबाद ज्ञापन गरेका छन।