कोरियामै अस्ताय बिनोद,अधुरै रहे सपनाहरु !

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा रहेका एक नेपाली कामदारको दु:खद निधन भएको छ। पर्वतको जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको सनिवार हृदयघातको कारण मृत्युु भएको हो।

गत सनिवार बिहानै आफू काम गरिरहेको कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघात भएपछि उनको निधन भयो।

विनोद छोराको रुपमा आमाबुबाका एक्ला सन्तान थिए। करिब ३ बर्ष अगाडि उनी ईपीएस भाषा उत्तीर्ण गरेर परिवारको लागि केही गर्छु भनी अठोट बोकेर कोरिया पुगेका थिए। सामान्य परिवारबाट रहेका विनोदका दुई दिदि र आफु पछिका दुई बहिनी रहेका छन्। उनको निधनको खबरले परिवारमा गहिरो धक्का परेको छ।

यतिबेला उइजम्बु हस्पिटलमा रहेको उनको पार्थिव शरीर घर पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *