सिओल
दक्षिण कोरियामा कार्यरत एकजना नेपाली युवक सुतेकै अवस्थामा मृत फेला परेका छन्। भद्रपुर झापा घर भएका अमन राई शुक्रबार बिहान ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका हुन्।
करिब १ बर्ष अगाडि मात्र रोजगारीका लागि कोरिया छिरेका अमन कृषि तर्फ एउटा बङ्गुर फार्फमा कार्यरत थिए। तर, हिजोराती आफ्नै आवास कक्षमा सुतेका उनी बिहान मृत भेटिएपछि राईका आफन्तजमा गहिरो आघात परेको छ।
यो घटनाबारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया, झापाली समाज र सम्बन्धित परिवारलाइ जानकारी दिइसकेको छ। अमनको ९ महिनाको छोरा रहेको छ। झापाली समाज दक्षिण कोरियाले आननको शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ। साथै उनको सानो ९ महिने बच्चा र परिवारका लागि जतिसक्दो सहयोगका लागि अपिल पनि गरेका छन्।