पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट

मुख्य समाचार

जनकपुर : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि जनकपुरको जानकी मन्दिरमा रातो कार्पेट ओछ्याइएको छ। पूजापाठका लागि शुक्रबार साँझ जानकी मन्दिरमा आउन लागेका पूर्वराजा शाहको स्वागतको लागि उनका समर्थकले रातो कार्पेट ओछ्याएका हुन्।

उनी मन्दिरमा पुग्नुअघि उनको स्वागतमा सयौंको संख्यामा उनका समर्थक भेला भएका थिए। उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश’को नारा लगाउँदै नाचगानसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *