स्कुलबाट घर फर्कंदै गरेकी बालिका सामूहिक बलात्कृत

मुख्य समाचार

सुर्खेत ः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गतआइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्रनगर–९ का १९ वर्षीय प्रमेश रावत र २० वर्षीय सागर चौधरीले बाटोबाटै अपहरण गरी कांक्रेविहार जंगल पु-याएर बलात्कार गरेका हुन्। बलात्कारमा संलग्नमध्ये रावतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। चौधरी भने फरार छन्।

‘दिउँसो एक बजेपछि स्कुलबाट घर जाँदै गरेकी बालिकालाई बाटोबाट अपहरण गरेर कांक्रेविहार जंगलमा सामूहिक बलात्कार गरेको पाइयो’, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले भने, ‘घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरेका छौं, अर्काको खोजी भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *