कोरियन कम्पनी सामसङको पछिल्लो फ्ल्यागशीप फोन ग्यालेक्सी एस १० र यसका चार वटा भेराइटी नेपाल भित्रिएको छ । कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङको व्यवस्था गरिएकोमा नेपाली बजारको माग बमोजिम बजारमा उपलब्ध गराइएको सामसङ नेपालले जनाएको छ ।
उपलब्धतासँगै कम्पनीले मूल्य र कलर अप्सनहरु पनि सार्वजनिक गरेको छ । ग्यालेक्सी एस १० ५१२ जीवी भर्सनलाई एक लाख ५४ हजार पाँच सय तोकिएको छ भने १२८ जीवी स्टोरेज भर्सनलाई एक लाख २३ हजार पाँच सयमा नेपालमा किन्न सकिनेछ । त्यसैगरी एस १० प्लसको मूल्य एक लाख १० हजार नौ सय र एस १० इको मूल्य ९३ हजार नौ सय तोकिएको छ । एस १० प्रिज्म ह्वाइट, प्रिज्म ब्लाक र प्रिज्म ब्लु कलर अप्सनमा उपलब्ध छ भने एस १० प्लस प्रिमियम सेरामिक मोडेल, सेरामिक ब्लाक, प्रिज्म ब्लाक र ब्लु कलरमा उपलब्छ छ । एस १० इ भने प्रिज्म ब्लाक कलरमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी स्मार्टफोनका फिचरहरु मोबाइल सार्वजनिक हुनु अगाडि देखि नै विश्व सञ्चारमाध्यममा आइसकेका छन् ।
क्यामरा, डिस्प्ले तथा कार्यक्षमता अद्वितीय रहेको दाबीसहित कम्पनीले बजारमा आफ्ना उत्पादन बजारमा ल्याएको हो । “१० वर्षअघि सामसङले जब ग्यालेक्सी एस रिरिरज बजारमा बजारमा प्रस्तुत ग¥यो, त्यसपछि एस सिरिजमा नविन आविष्कारका साथ ग्राहकहरुलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापिन गर्न सफल भयो,” सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने । एस १० सिरिजको मोबाइल खरिद ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एन एम बि बैंक, माछापुछ्रे बैंक तथा हुलास इन्भेष्टमेन्ट बैंकसमेतबाट मासिक किस्तावन्दी र सजिलो फाइनान्सिङको व्यवस्था मिलाइएको छ । साथै यो मोबाइल खरिदमा एक वर्षसम्म ब्रेकेज बीमाको व्यवस्था मिलाइएको उनले बताए ।