गुड्दै गरेको बसमा आगलागी

मुख्य समाचार

सुर्खेत– काठमाडौंदेखि जुम्ला जाँदै गरेको कर्णाली यातायातको बसमा आगलागी भएको छ। शनिबार विहान साढे ११ बजेतिर बराहताल गाउँपालिकाको मसिना नजिकै गुडीरहेको बसमा आगलागी भएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए।

बा४ख ८७८ नम्बरको बसमा ३८ जना यात्रु सवार थिए। गुडीरहेको बेला आगो लागेपछि चालकले बाटोमै बस रोकेका थिए। यात्रुहरुका अनुसार बसको विद्युतीय तारले डिजल छोएपछि आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीबाट बस पूर्णरुपमा क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *