साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई ३-० ले पराजित गर्दै नेपाल समूह विजेता

मुख्य समाचार

विराटनगर : नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ। शनिबार विराटनगरको सहिद रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशलाई ३-० ले पराजित गर्दै आयोजक नेपाल समूह विजेता बनेको हो।

नेपालका लागि खेलको छैटौं मिनेटमा बंगलादेशले आत्मघाती गोल उपहार दिएको थियो।

खेलको २३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता २-० बनाएकी थिइन्। त्यसैगरी तेस्रो गोल खेलको २८ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले गरिन्। योञ्जनको यो गोल नै निर्णायक बन्यो। त्यसपछिको बाँकी समय र दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन।

समूह बी को उपविजेतासँग बुधबार नेपाल भिड्ने छ। समूह एको उपविजेता बंगलादेशले समूह बीको विजेतासँग बुधबार नै प्रतिस्पर्धा गर्नेछ। आइतबार समूह बीको अन्तिम खेल हुँदैछ। समूह बीको अन्तिम खेलमा श्रीलंका र भारत भिड्दै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *