काठमाडौँ । हङकङमा आइतबार सम्पन्न भएको भएको एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका धावक अजित कुमार यादवले ऐतिहासिक स्वर्ण पद हात पारेका छन् ।
उनले ब्वाइड ३ हजार मिटर दौडमा प्रथम स्थान हासिल गरे । नेपालको एथलेटिस्कको इतिहासकै यो अहिलेसम्मकै माथिल्लो तहको उपलब्धी हो । नेपालले एसियनस्तरका कुनै पनि प्रतियोगितामा अहिलेसम्म एथलेटिक्सबाट पदक चुमेको थिएन । अजितको यो उपलब्धीले नेपाली धावक कम छैनन् भन्ने प्रमाणीत गरिदिएको छ ।
उनले सो दुरी ८ मिनेट ३० दशमलब ३२ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका थिए । सो स्पर्धामा भारतका अमित जंगिर दोस्रो स्थानमा आए । उनले ८ मिनेट ३६ दशमलब ३४ सेकेन्डमा दुरी पुरा गरे । तेस्रो स्थानमा यमनका गामिल अल हामातीले ८ मिनेट ३८ दशमलब ६० सेकेन्डमा दुरी पुरा गरे । सो स्पर्धामा १५ जना खेलाडीको सहभागिता रहेको थियो ।
अजितका प्रशिक्षक धनिराम चौधरी हुन् । अजितको प्रतिभाबाट प्रभावित सुनिल राजवंशीले मेहेनतका कारण उनी सो च्याम्पियनसिपमा सहभागी हुन सफल भएका थिए । यो तेस्रो संस्करणमा नेपाल अजितको स्वर्ण पदकसहित १० औं स्थानमा आइपुगेको छ । चीनले प्रतियोगितामा सर्वाधिक ११ स्वर्ण १० रजत र ९ काश्य गरि ३० पदकका सथा शिर्ष स्थान कब्जा गरेको छ । जापान ७ स्वर्ण ७ रजत र ६ काश्य गरि २० पदकका साथ दोस्रो स्थानमा छ । भारत ६ स्वर्ण ११ रजत र ९ काश्य गरि २६ पदकका साथ तेस्रो स्थानमा छ ।
चाइनिज ताइपे ३ स्वर्ण ३ रजत र ३ काश्य गरि ९ पदकका साथ तेस्रो स्थानमा छ । इरानले २ स्वर्ण १ काश्य २ रजत जितेको छ । काजिकिस्तानले २ स्वर्ण १ रजत र १ काश्य जितेको छ । कोरियाले पनि १ स्वर्ण २ काश्य र १ रतज पदक जितेको छ । एक पदकपनि नजित्नेमा बंगलादेश, भुटान, जोर्डन, क्रिजिस्तान, कुवेत, लेवान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम छन् । दक्षिण एसियामा श्रीलंकाले १ रतज पदक जितेको छ ।