पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान

मुख्य समाचार

काठमाडौं : पत्नी सीता दाहालको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्। प्रचण्डको निजी सचिवालयका अनुसार पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्यका साथमा उनी अमेरिका गएका हुन्।

दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्।

छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।

प्रचण्डलाई बिदा गर्न नेकपा नेता सुवासचन्द्र नेम्वाङलगायत नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । पत्नी सीतालाई लिएर आइतबार अमेरिका उडेका प्रचण्ड फर्किने मिति भने तय भइको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *