समाजिक सञ्जाल दर्ता नभए बन्द: सञ्चार मन्त्री बास्कोटा

मुख्य समाचार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।

संसदीय मामिला पत्रकार समाजले आइतबार आयोजना गरेको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञबाट कार्यपत्रसहितको अन्तरक्रियामा मन्त्री बास्कोटाले दर्ता नगरी राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नु पर्ने बताएका हुन्।

उनले भने, ‘नेपालमा जस्ले जतिबेलामा पनि प्रयोग गर्ने थलो बनाउने, अनि दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यस्ता सामाजिक सञ्जाल बन्द गर्नुपर्छ।’

उनले गुगल, फेसबुक, ट्विटर, ब्लगजस्ता सामाजिक सञ्जाल जहाँ प्रयोग र विकास भएको छ, त्यहाँ दर्ता गरेर राज्यलाई कर बुझाइएको तर्क गर्दै नेपालमा पनि उक्त व्यवस्था लागू गर्न खोजिएको उल्लेख गरेका छन्।

उनले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताबिरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन्।

‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रश्न होइन, नेपाललाई डिजिटल हस्ताक्षरको विकास गर्ने र जीवनमा सहज ल्याउने हिसाबले ल्याएका हौं’, मन्त्री बास्कोटाले भने, ‘यो विधेयकले सहजता ल्याउनेछ।’ हामी सुरक्षित देशको निमार्ण गर्न चाहन्छौं। त्यसैले आधारमा विधेयक तयार पारिएको मन्त्रीको भनाइ छ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले पत्रकारिता र सामाजिक सञ्जाल एउटै विषय नभएको उल्लेख गर्दै पत्रकारिता राष्ट्र र नागरिकप्रति उत्तरदायी हुने र सामाजिक सञ्जाल व्यक्तिगत हुने समेत बताएका छन्।

विधेयकका विषयमा सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी र अधिवक्ता सन्तोष सिग्देलले कार्यपत्र प्रस्तुत गर्दै विधेयकमा रहेका प्राविधिक पक्षमा स्पष्ट पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *